कोटगाउँमा बाढी र पहिरोले पुरिएर दुई जनाको मृत्यु

  • २८ जेष्ठ २०७७, बुधबार
  • 1841 पटक पढिएको

म्याग्दी, २८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा गएराती बाढी पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । राती बर्षासंगै आएको बाढीले पुरिएर स्थानीय ५० बर्षिया हमायाँ शेरपुञ्जा र उहाँकी नातिनी ४ बर्षिया सिमरन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सिमरन शेरपुञ्जाको छोरीतर्फकी नातिनी हुन् । गोठमा बसेका उनीहरुलाई गोठमाथिबाट खनिएको मोटरबाटोको छेउमा फालिएको माटोलाई बाढीले बगाउँदा गोठ र गोठभित्र रहेका उनीहरु पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । बाढी र पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठमा रहेका अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन् ।