विशेष

रघुगंगामा ‘छोरी पेवा बचत कार्यक्रम’ सुरु, छोरीलाई गाउँपालिकाको मासिक एक सय

कमल खत्री/ सन्ताेष गाैतम मौवाफाँट २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउनका लागि ‘छोरी पेवा वचत कार्यक्रम’ सुरु गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय... पुरा पढ्नुहोस

जिससद्धारा स्थानीय तहलाई ३ करोड ८० लाख वितरण

म्याग्दी, २१ साउन । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा रहेका स्थानीय तहहरुलाई ३ करोड ८० लाख रुपैयाँ बजेट वितरण गरेको छ । आइतबार सम्पन्न चौथो जिल्ला सभाले जिसस कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँच वटा गाउँपालिकालाई ६०/६० लाख रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । तत्कालिन जिल्ला विकास... पुरा पढ्नुहोस

म्याग्दीमा हरियाली मेडेलको कृषि फार्म (फोटो फिचर)

सन्तोष गौतम बेनी २० साउन । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा ब्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई... पुरा पढ्नुहोस

बेनी बजारको विकासमा संधै प्रश्न ? पहुँच विकासले बेतिथि !

म्याग्दी २० साउन । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित सुन्दरनगरी बेनी बजार । दुई नदीको बिचमा रहेको यो बेनी जिल्लाकै सदरमुकाम भएकाले पनि बर्षौदेखि आफ्नै खास पहिचान छ । बस्ती र भुगोलको हिसाबले थोरै भएपनि यो बजारलाई बेनी बजारको रुपमा मात्रै बुझ्यौँ भने गलत हुन सक्छ, किनकीे जिल्लामा रहेका... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको सचिवालय गठन

म्याग्दी,१९ साउन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको शनिबार सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण वैठकले ३२ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ । पुर्व एमालेबाट १९ र पुर्व माओवादीबाट १३ जनासहित ३२ सदस्यीइ सचिवालय गठन गरेको हो । यसैगरी वैठकले ७ सदस्यीय जिल्ला कार्यालय समिति पनि गठन गरेको छ... पुरा पढ्नुहोस

स्थानीय तहलाई जिम्मेवार बनाउन खोजिएको मन्त्री थापाको भनाई

सन्तोष गौतम बेनी १९ साउन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गैरसरकारी संस्थाहरुलाई कार्यक्षेत्र अनुसार दर्ता हुने ऐन बनाउन लागिएको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले कार्य क्षेत्र अनुसार स्थानीय तह, जिल्ला, प्रदेश र संघीय सरकारका निकायमा दर्ता... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा १५ दिनदेखि फसेको गोरुको युवाहरुले गरे उद्धार ( भिडियो सहित)

म्याग्दी, १८ साउन । बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमा क्षेत्रमा पर्ने कालिगण्डकी नदीमा बिगत १५ दिनदेखि फसेर अल्पत्र परेको गोरुको उद्धार गरिएको छ । नदीले बगाएर कालिगण्डकी नदीको किनारमा कतैपनि जान नसक्ने ठाउँमा अल्पत्र परेको गोरुको दुई सातापनि म्याग्दी, पर्वत र बाग्लुङका युवाहरुले उद्धार गरेका हुन्... पुरा पढ्नुहोस

देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १६ साउन ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट... पुरा पढ्नुहोस

गृहगाउँ मल्कबाङमा समाजसेवी चन्द्रबहादुर छन्त्याललाई सम्मान (फोटो फिचर)

म्याग्दी १६ साउन ।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा बस्दै आउनुभएका समाजसेवी चन्द्रबहादुर छन्त्याललाई गृहगाउँमा सम्मान गरिएको छ । १९ बर्ष पछि गाउँमा पुग्नुभएका छन्त्याललाई स्थानीय आमा समुह र विद्यालयले स्वागत तथा सम्मान गरेका हुन् । जनचेतना आमा समुहले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष लालकुमारी छन्त्याल लगायत... पुरा पढ्नुहोस

पानी नपरीकनै यसरी बढेर आयो कालिगण्डकी !

म्याग्दी १६ साउन । म्याग्दी र मुस्ताङ क्षेत्रमा भारी बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको छ । आज विहानदेखि जोमसोम हुँदै बगेको कालिगण्डकी नदीको सतह उर्लिएर आएको हो । जोमसोम क्षेत्रमा बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार,... पुरा पढ्नुहोस

To Top