विशेष
सिद्ध बहुउदेश्यीय सहकारीको अध्यक्षमा बरुवाल चयन
- 2 बर्ष, 7 दिन अगाडि
- ३० पुष २०७९, शनिबार
म्याग्दी ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा बिमल बरुवाल चयन हुनुभएको छ । शनिवार सम्पन्न छैटौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट बरुवालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा यामबहादुर खड्का, सचिबमा रामकृष्ण खड्का, कोषाध्यक्षमा युवराज बरुवाल, सहसचिबमा सिर्जना... पुरा पढ्नुहोस
बेनीको बाह्रौँ नगरसभाः ७८ करोडको संसोधित बजेट पारित
- 2 बर्ष, 8 दिन अगाडि
- २९ पुष २०७९, शुक्रबार
बेनी, २९ पुष । म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख... पुरा पढ्नुहोस
कृषि उपज पदर्शनी (तस्बिर)
- 2 बर्ष, 8 दिन अगाडि
- २९ पुष २०७९, शुक्रबार
बेनी, २९ पुस : म्याग्दी सदरमुकाम बेनीमा कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कृषि मेला पदर्शनीमा राखिएका जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु । सातौँ म्याग्दी महोत्सवको अवसरमा कृषि मेला पर्दशनी गरिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
म्याग्दी महोत्सवको दोस्रो दिन : चर्चित कलाकारहरुको प्रस्तुती र रत्यौली प्रतियोगिता
- 2 बर्ष, 8 दिन अगाडि
- २९ पुष २०७९, शुक्रबार
म्याग्दी २९ पुस । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा आज चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने भएको छ । शुक्रवार गायिका एलिना चौहान, प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । त्यसैगरि म्याग्देली मोडल विनु कार्की र फ्रि स्टार डान्स ग्रुपको... पुरा पढ्नुहोस
बेनीमा सातौँ म्याग्दी महोत्सवको भव्य उद्घाटन, मौलिक कला र संस्कृति प्रदर्शन (फाेटाे फिचर)
- 2 बर्ष, 9 दिन अगाडि
- २८ पुष २०७९, बिहीबार
कमल खत्री म्याग्दी, २८ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन भएको... पुरा पढ्नुहोस
बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु
- 2 बर्ष, 9 दिन अगाडि
- २८ पुष २०७९, बिहीबार
बेनी, २८ पुस : म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने... पुरा पढ्नुहोस
सातौँ म्याग्दी महोत्सवको तयारी पुरा
- 2 बर्ष, 10 दिन अगाडि
- २७ पुष २०७९, बुधबार
बेनी, २७ पुस । ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतले बेनीलाई देश तथा विदेशमा चिनाएको छ । संगीतका माध्ययमबाट बेनी बजारलाई चिनाउन यो गीतले गरेको योगदान संगसंगै बेनीमा परम्परागत रुपमा लाग्दै आएका माघे संक्रान्ति मेलाले पनि थप चिनारी दिँदै आएको पाईन्छ । बेनीमा बसोबास भएको प्रारम्भदेखि नै... पुरा पढ्नुहोस
अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच
- 2 बर्ष, 10 दिन अगाडि
- २७ पुष २०७९, बुधबार
म्याग्दी २७ पुस । कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर... पुरा पढ्नुहोस
गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा
- 2 बर्ष, 10 दिन अगाडि
- २७ पुष २०७९, बुधबार
गलेश्वर २७ पुस । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भएको छ । सहभागिहरुले गलेश्वर... पुरा पढ्नुहोस
रघुगंगामा नमुना युवा संसद अभ्यास सञ्चालन
- 2 बर्ष, 10 दिन अगाडि
- २७ पुष २०७९, बुधबार
म्याग्दी २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा युवाहरुलाई संसदीय अभ्यासको बारेमा प्रशिक्षित गर्न नमुना युवा संसद अभ्यास सञ्चालन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले नमुना युवा संसद अभ्यास अन्तरगत नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको लागि रघुगंगालाई छनौट गरे बमोजिम गाउँपालिकाले मंगलवारदेखि तीनदिने कार्यक्रम सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस