छन्त्याल संघ कास्कीको साधारणसभा: भाषा, र संस्कृतिलाई हराएर जान नदिन मन्त्री जुग्जालीको आग्रह

  • ९ भाद्र २०८०, शनिबार
  • देवान छन्त्याल
  • 399 पटक पढिएको

देवान छन्त्याल
पोखरा ,९ भदौ । नेपाल छन्त्याल संघ कास्कीको १३ औँ बार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । नेपाल छन्त्याल संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले छन्त्याल समुदाय जनजाति समुदायमध्ये विशिष्ट पहिचान र ऐतिहासिक योगदान दिएको जाती भएको बताउनुभयो ।

छन्त्याल समुदायको हराउँने जोखिममा परेको भाषा, संस्कृति, रहनसहत र परम्पराको निरन्तरताको लागि समुदाय आफैले सक्रियता देखाउने र त्यसमा प्रदेश सरकारले आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘‘अब हाम्रा मौलिक भाषा र संस्कृतिलाई कसरी पुस्ता हस्तान्तरण गर्ने ? भन्ने गम्भिर चुनौति थपिएको छ, नयाँ पुस्तालाई पुराना भाषा, संस्कृति र परम्पराको संरक्षणका जोड्न आबश्यक छ’’–उहाँले भन्नुभयो । उहाँले गण्डकी प्रदेशका दुरदराजमा छन्त्याल समुदायको बसोबास रहेको बताउँदे दुर्गम बस्तीहरुलाई सडक सञ्जालले जोड्ने अभियानमा आफुले प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको दुर्गम बस्ती गुर्जा लगायतका बस्तीहरुमा सडक सञ्जालको पहुँच पु¥याउन आफुले प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो । नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सुबेदार धनबहादुर भलन्जा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन गोकर्ण घरब्जा छन्त्यालले स्वागत र सचिब ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष सोम तथब्जा छत्याल, भूपु अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्याल, भूपू सचिब बमबहादुर घरब्जा छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।

देवान छन्त्याल

म्याग्दी अनलाईन डट् कमका संयोजक हुन् l