माओवादीको तीन महिने अभियान सफल बनाउन बेनीमा  नेताहरुलाई तोकियो जिम्मेवारी

  • १० भाद्र २०८०, आईतवार
  • 297 पटक पढिएको

 

म्याग्दी, १० भदौ । जनतासंग माओावादीको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र बेनी नगरपालिका समितिले कार्ययोजना निर्माण गरेको छ । आईतबार महारानीथानस्थित पार्टी कार्यालयमा बसेको नगर समितिको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेर नेताहरुलाई वडास्तरको जिम्मेवारी तोकेको हो ।

उक्त बैठकले भदौ १६ गतेबाट देशभर एकैसाथ सुरु हुने अभियानलाई पालिकाको सबै वडाहरुमा प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गर्दै जिम्मेवारी वाँडफाँड समेत गरेको छ । अभियान अन्तरगत बेनी नगरपालिकाको वडानम्वर १ मा शेरबहादुर केसी, २ मा पदम पुन, ३ मा ज्योती लामिछाने, ४ मा कुशल पौडेल, ५ मा नगेन्द्र केसी र पदम किसान, ६ मा विनोद केसी, ७ मा लक्ष्मण शर्मा, ८ मा अम्विका ढुङ्गाना, ९ मा ज्ञानेन्द्र सुवेदी र १० मा सन्दिप खत्रीलाई जिम्मेवारी तोकिएको छ।

बेनी नगर समितिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको विस्तारित बैठकमा तीन महिने अभियानका जिल्ला ईन्चार्जसगै बेनी नगरपालिकाको जिम्मेवारीमा रहनुभएका पार्टीका केन्द्रिय सदस्य गुप्त बहादुर हमालले पाटीलाई बलियो बनाउन यस अभियानले सहयोग पुग्ने बताउदै सरकारले गरेका राम्रा कामको प्रचार–प्रसार जनताको घरघरमा पुगरे गर्नुपर्ने बताउनुभयो । जिल्लाकै ४५ वटै वडामा अभियान अन्तरगत बैठक, भेला, प्रशिक्षण, अन्तरक्रिया र जनताको गुनाँसो सुन्ने कार्यक्रमहरु गरिने बताउनुभयो ।

त्यस्तै पार्टीका गण्डकी प्रदेश सचिवालय सदस्य एवम् प्रदेश सभा क्षेत्र क का इन्चार्ज एवम् निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले माओवादी नेतृत्वको वर्तमान गठबन्धन सरकारले विकास, समृद्धि र शुसासनको क्षेत्रमा गरेका पहलकदमीले जनतामा सकरात्मक सन्देश दिएको बताउनुभयो । उहाँले तीन महिने अभियानको क्रममा पार्टी संगठन निर्माण संगै जनताको समस्या, गुनासाहरुको समेत संकलन गर्ने र पार्टीको नेतृत्व र सरकारलाई सम्बोधनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले तीन महिने अभियानलाई जनताका समस्याहरुको पहिचान, योजनाहरुको प्राथमिकीकरण र पार्टी संगठनको पुननिर्माणमा केन्द्रित गरिने बताउनुभयो । कार्यक्रममा प्रदेश सदस्य एवम् बेनी नगरपालिकाकी उपमेयर ज्योती लामिछानेले नगरका सबै वडा र बस्तीस्तरमा पुगेर जनताको समस्या, गुनासाँ अनुसार आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

पार्टीका प्रदेश सदस्य पदम पुन, लक्ष्मण शर्मा, प्रदेश सभा क्षेत्र क का संयोजक कुशल पौडेल लगायत नेताहरुको उपस्थित रहेको कार्यक्रममा नगरभित्रका वडामा पार्टीको अवस्थाबारे वडाका प्रतिनिधिहरुले बैठकमा जानकारी गराउनुभएको थियो । नगर अध्यक्ष केसीले अभियान अन्तरगत वडास्तरमा हुने बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहभागि हुन नगरका कार्यकर्तालाई आग्रह गर्नुभयो । बैठकको संचालन पाटीका सदस्य किसान विश्वकर्माले गर्नुभएको थियो ।