म्याग्दी खण्डको पहिरो पन्छ्याएपछि बेनी—जोमसोम सडक सूचारु

  • ९ भाद्र २०८०, शनिबार
  • 259 पटक पढिएको

म्याग्दी ९ भदौ । अविरल वर्षाका कारण ठाउँ ठाउँमा खसेको पहिरोले अवरुद्ध भएको बेनी जोमसोम सडक पहिरो पन्छाएपछी सुचारू भएको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ को गुईठे र खाम कित्तामा खसेको पहिरो पन्छ्याएपछि शनिबार अपरान्हबाट  सडक संञ्चालनमा आएको छ ।

मौसम सुधारन्मुख भएसंगै आयोजनाले सडक उपकरण प्रयोग गरी अवरुद्ध सडकको पहिरो पन्छ्याएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।

 

 

यसअघि शुक्रबार म्याग्दी प्रशासनले बेनी—जोमसोम सडकमा पहिरोको जोखिम कायम रहेको भन्दै अतिआवश्यक कामकाज बाहेक एक सातासम्म यात्रा नगर्न सर्वसाधारण नागरिकलाई अनुरोध गरेको थियो ।

 

 

सडक सूचारु भएसंगै गोईठे सडकमा अवरुद्ध सवारी साधनहरु गन्तब्यमा प्रस्थान गरेका छन् । लामो  समय देखि निरन्तर सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा पेट्रोल पदार्थको अभाव भएको थियो ।