राखु पखटोलमा जनश्रमदानबाट सडक बनाउँदै

  • २३ बैशाख २०७७, मंगलवार
  • धिरन खत्री
  • 2302 पटक पढिएको

 

धिरन खत्री

म्याग्दी, २३ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास सहरगाँउ सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण काठमाण्डौ, पोखरा र बेनी लगायतका सदरमुकाम केन्द्रित युवाहरु र ब्यवसायीहरु आफ्नो जन्मथलो गाउँ फर्किएका छन् । लकडाउन लम्विदै गएपछि म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती पखटोलमा युवाहरु मिलेर जनश्रमदानबाट सडक बनाउन सुरु गरेका छन् ।


भगवती देखि बेगखोला सडक अन्तरगत घनाबस्ती रहेको पखटोलमा बसाइसराइ रोकथामका लागि सवारीसाधन आवातजावात र दैनिक सामाग्री खाद्यान्न, घर निर्माणका सामाग्री, एम्वुलेन्स लगायतको सुविधालाई घरसम्म पु¥याउन युवाहरु मिलेर जनश्रमदान गरेका छन् । युवाहरुले सडक बनाउन लागि ढुंगा ल्याउने, पर्खाल निर्माण, साघुरो ठाउँमा फराकिलो लगायतको काम गरिरहेका छन् ।

बैशाश ५ गतेबाट अर्जुन खत्रीको संयोजकत्वमा सडक निर्माण कार्य सुरु गरेका हुन् । बेनी नगरपालिकाका अधिकृत युवराज थापा र भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका निर्मल कटुवालको सक्रियतामा गाउँमा १ किलोमिटर सडकको ट्रयाक निर्माणमा जनश्रमदान सुरु गरेका हुन् ।

लकडाउन लम्विएसंगै गाउँमा युवाहरु जम्मा भएको सबैको आवश्यकतालाई मध्यनजर गर्दै गाउँको महत्व बढाउन र गाउँप्रति युवाहरुको जिम्मेवारी बढाउन सडक निर्माण काम सुरु गरिएको निर्मल केसीले बताए । ३० भन्दा बढी घर मान्छे हिड्ने गोरेटो बाटोको तलमाथि भएका घरहरुलाई सहज सेवा लागि सडक निर्माण लागि १८ दिनसम्म निरन्तर जनश्रमदान गरिएको छ । सम्पन्न गर्ने लक्ष्यसहित ३० भन्दा बढी युवाहरुले काम गरिरहेको केसीले जानकारी दिए ।

युवाहरु मिलेर गरेको कामलाई गाउँमा सबैले साथ सहयोग गरेका छन् । भने श्रमदान गर्ने युवाहरुलाई पालपालो सबैले मिलेर दिउँसको खाजा खुवाएका छन् । सडकको पहुचँबाट जोडेर गाउँलाई सुगम बनाउन युवाहरुले श्रमदानबाट निर्माण गर्न लागेको सडकलाई थप स्तरोन्नतीका लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरेर पुर्णता दिने वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए । युवाहरु मिलेर विकास निर्माणमा लाग्ने हो भने गाउँको विकाससंगै रोजगारीका लागि सहज बातावरण सिर्जना हुने उन्को धारणा छ ।
समृद्ध नेपाल सुखी र खुशी नेपाली बनाउन युवाहरु गाउँको विकासमा जनश्रमदानसंगै सामुहिक रुपमा ब्यवसायीक कृषि खेतीमा लाग्नुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l