विशेष
गलेश्वर– भगवती सडकमा निर्माण ब्यवसायी काममा फर्कियो
- 3 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक आयोजनामा एक महिनापछि निर्माण ब्यवसायी काममा फर्किएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले मजदुर र मेसिनहरु परिचालन गर्दै काममा... पुरा पढ्नुहोस
कांग्रेसबाट मालिकाको सबै वडामा वडाअध्यक्षका उम्मेद्धार चयन
- 3 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी, २३ चैत । मालिका गाउँपालिकामा रहेका सात वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत सबै वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो । वडा नम्बर १ मा वर्तमान वडा... पुरा पढ्नुहोस
बेनी–मालढुङ्गा सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने
- 3 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
पर्वत २३ चैत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी – मालढुङ्गा सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस
धारापानीमा कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो
- 3 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी २३ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा किसानी चन्द्रकुन्ता माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन... पुरा पढ्नुहोस
राजनीतिमा महिलाको सहभागिता बढ्दै
- 3 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
गलेश्वर, २२ चैत । राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ... पुरा पढ्नुहोस
रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी
- 3 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत... पुरा पढ्नुहोस
रघुगंगाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित
- 3 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस
माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस
- 3 बर्ष, 2 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
म्याग्दी २२ चैत । सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने... पुरा पढ्नुहोस
दुर्गम गाउँको कथा : ‘अभाव र गरिबी’को भूमरीमा परेको परिवार (भिडियो रिपोर्ट सहित)
- 3 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७८, सोमबार
बेनी, २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यहि गाउँमा आश्रय लिएर बसेका छन रघुगंगा गाउँपालिका–८ कुईनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाई कष्टकर भएपछि विकको परिवार छिमेकी (माईति)गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरुको कुइनेखानीको बारी पहिरोले बगाएको छ । ... पुरा पढ्नुहोस
नेपाली कांग्रेसबाट बेनी नगरपालिका-८ मा अध्यक्ष पदको उम्मेदवारमा हिमबहादुर भण्डारी
- 3 बर्ष, 2 महिना अगाडि
- २१ चैत्र २०७८, सोमबार
म्याग्दी २१ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका-८ मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ ।... पुरा पढ्नुहोस