राखु भगवतीमा नेवारको पुर्खौली लाखे नाच

  • ११ भाद्र २०७९, शनिबार
  • 915 पटक पढिएको

 

म्याग्दी, ११ भदौ । विभिन्न जातजातीको कलासस्कृतिले भरिपूर्ण रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा लाखे नाच देखाईएको छ । हटियामा रहेका नेवार समुदायले विगत देखाउदै आएको लाखे शनिबार देखाएका हुन् । युवा पस्ताको कारण विगत ५ बर्षसम्म हुन नसकेको लाखे नाच यस बर्ष युवाहरु मिलेर गरेको मिलन श्रेष्ठले बताए । ‘पुर्खौली थलो हटियाबाट ब्यवसाय तथा रोजगारीका लागि सदरमुकाम बेनी र कुश्मा बस्ने रखाले नेवारहरु एकजुट भएर शनिबार लाखे नाच देखाएका थिए ।’


जनैपूर्णिमाबाट सूरु हुने लाखे नाच तिजमा देखाउने चलन छ । तर, तिजको अवसरमा लाखे नाच देखाएर सस्कृतिको संरक्षण र नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि युवाहरुको सक्रियतमा नाच देखाइएको श्रेष्ठ बताए । स्थानीय ८७ बर्षिय जेष्ठ नागरिक टिकाध्वज श्रेष्ठबाट लाखे नाच ताल सिक्दै युवाहरुले नाखे नाच प्रर्दशन गरेका थिए । नेवारको एतिहासिक भिमसेन मन्दिरबाट सुरु भएको लाखे नाच मैदान हुदै भगवती कोतमन्दिरसम्म पुगेर देखाईएको थियो । लामो समयपछि देखाएका लाखे नाच हेरेर बालबच्चा लगायत सबैले मनोरञ्जन लिएका थिए ।


हटियाको पुर्खौली लोपोन्मुख लाखे नाच धेरै बर्षपछि युवाहरु मिलेर अग्रजको दिशानिर्देशबाट संस्कृति संरक्षण तथा प्रर्दशन गरेकोमा स्थानीय रञ्जना श्रेष्ठले खुशी ब्यक्त गर्दै निरन्तरता दिन आग्रह गरिन् ।


बर्खे लगायतको सबै नाचहरु गाउँमा सम्भव नभएपनि अन्य जातजाती र युवापुस्तालाई आकर्षित गर्न गरी भदौ १४ गतेपनि लाखे सहितका जोगि नाचहरु समेत देखाउने तयारी भएको मिलन श्रेष्ठले जानकारी दिए ।तस्विर : मिलन श्रेष्ठ