सिद्धार्थमा पुरस्कार तथा छात्रवृति वितरण

  • १३ भाद्र २०७९, सोमबार
  • 671 पटक पढिएको

म्याग्दी, १३ भदौ। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ । विद्यालयले आईतबार कार्यक्रम आयोजना गर्दै २०७८ को बार्षिक परिक्षामा सफल विद्यार्थीहरुलाई पुरस्कार तथा अक्षकोषको ब्याजबाट छात्रवृति तथा स्टेशनरी सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता भएको कार्यक्रममा वडाअध्यक्ष अमृत भण्डारी उपस्थितमा पुरस्कार तथा अक्षकोषबाट प्राप्त ब्याजबाट छात्रवृति वितरण गरिएको प्रअ तोरणबहादुर श्रेष्ठले बताउनुभयो ।

९७ जना विद्यार्थीहरु अध्ययनरत विद्यालयमा २०७८ को बार्षिक परिक्षामा कक्षा ५ बाट प्रथम हुनुभएकी ग्रीस्मा श्रेष्ठलाई ‘‘क्षेत्र बहादुर श्रेष्ठ पुरस्कार २०६५” बाट नगद ३ हजारसहित प्रशंसापत्रद्वारा स्थापक सदस्य चित्रनारायण श्रेष्ठबाट सम्मान गरिएको थियो ।

त्यस्तै स्वर्गिय ‘दिलकुमारी अक्षकोष’बाट प्राप्त ३५ हजार रुपैया ब्याजबाट विद्यार्थीलाई टाई र बेल्टसहित स्टेनसरी सामाग्रीहरु अक्षकोषका संस्थापक सदस्य झलकबहादुर खत्री, मिलन खत्रीले वितरण गर्नुभएको थियो ।

त्यस्तै स्वर्गिय दिर्घराज र हिराकुमारी खत्रीको स्मृतिमा राखिएको अक्षकोषबाट प्राप्त ४ हजार ७५० रुपैया ब्याजबाट बालविकास देखि कक्षा ७ सम्म अध्ययनरत प्रथम हुने विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीहरु वितरण गरिएको थियो ।

विद्यालयले बार्षिक परिक्षा प्रथम, दृतिय, तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । प्रअ श्रेष्ठको संचालन, शिक्षक पार्वती बरुवाल क्षेत्रीको स्वागत मन्तव्य रहेको पुरस्कार वितरण कार्यक्रममा वडाअध्यक्ष भण्डारी अक्षकोष संचालन झलक खत्रीले मन्तव्य राख्नुभएको थियो ।

सोही कार्यक्रममा शारिरिक अस्वस्थका कारण उपचारत विद्यालय ब्यवस्थापन समितिका सदस्य रिमबहादुर विकलाई शिक्षकबाट २२ हजार रुपैया आर्थिक संकलन गरेर सहयोग गरिएको थियो ।