हितकोषमा १८ लाख संकलन
- १८ आश्विन २०७५, बिहीबार
- धिरन खत्री
- 1574 पटक पढिएको
म्याग्दी, १८ असाेज । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा साउन १ गतेबाट सुरु गरिएको आपतकालिन हितकोषमा हालसम्म १८ लाख १६ हजार रुपैया संकलन भएको छ । ३० लाखको हित कोषको लक्ष लिएको संघले ९ सय ८ जना ब्यवसायीहरुबाट २ हजार रुपैयाको दरले सो रकम संकलन गरेको हो ।
हितकोषबाट संघमा दर्ता भएका जिल्लाका ब्यवसाय संचालकलाई आपतकालिन रुपमा दैविक प्रकोप, आगोलागि, भू–क्षय लगायतका समस्या देखिएमा सो कोषबाट सहयोग गरिने छ ।
आपतकालिन रुपमा ब्यवसायका संचालकमा समस्या देखिएमा ७५ हजार, उद्योगमा क्षति भएमा अधिकत्तम ५० हजार र संघको दर्तामा उल्लेखित संचालका सदस्यलाई केही भएमा २५ हजार रुपैयाको दरमा उपलब्ध गराउने ब्यवस्था रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l