पर्यटन प्रवद्र्धनका लागि मालढुङ्गा, बेनी रुईसे साईकल यात्रा हुने
- १८ आश्विन २०७५, बिहीबार
- 2161 पटक पढिएको
म्याग्दी, १८ असोज । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे–भेढिओडारको पर्यटन प्रवद्र्धन गर्नका लागि मालढुङ्गा बेनी हुदै रुईसेसम्म शुक्रबार साईकल यात्रा गरिने छ । राखु समाज कल्याण समिति काठमाण्डौको आयोजना र रघुगंगा गाउँपालिकाको संयोजनमा साईकल यात्रा गरिने भएको हो ।
म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन र आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएर सम्भावना युक्त पर्यटकियस्थलको पर्यटन प्रवद्र्धन गर्नका लागि साईकल यात्रा गरिएको राखु समाज कल्याण काठमाण्डौका प्रवक्ता प्रविन कुमार मल्लले बताए । पर्यटकियस्थल रुईसे भेडिओढारको पर्यटन प्रवद्र्धनका लागि सडक पुगिसकेको छ । भने भ्युटावर निर्माणधिन अवस्थामा रहेको छ । २२२० मिटर उचाईमा रहेको रुईसे भएको भ्युटावर र २ हजार ५२० मिटर उचाईमा रहेको भेडिओढारबाट दर्जनौ हिमालहरुको मुस्कानले त्यहा पुगेका पर्यटकलाई लोभ्याउने गर्दछ ।
पर्वतको मालढुङ्गा म्याग्दकिो सदरमुकाम बेनी, गलेश्वर हुदै रघुगंगा गाउँपालिकाको पिप्ले जोत्रेपिपल, भगवती रुईसेसम्म साईकल यात्रा गरिने भएको हो । १५ जना ब्यवासायीक साईकल यात्रीले रुईसेसम्म साईकल यात्रा गर्ने छन् ।