घाइते निशा सापकोटाको लागि आर्थिक संकलन अभियान सुरु, सहयोगका लागि आग्रह

  • १९ आश्विन २०७५, शुक्रबार
  • 2525 पटक पढिएको

म्याग्दी, १९ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापर खेतमा असोज ११ गते घरलिप्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिदा सख्त घाइते भएकी निशा सापकोटाको उपचारका लागि ज्यामरुककोट समाज नेपालले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।
म्याग्दीको बेनपा २ विमिराबोटबाट बागलुङको मालिका बिबाहगरी गएकी सापकोटाको उपचारका लागि ज्यामरुककोट समाज नेपालले देश विदेशमा रहेका ज्यामरुककोटेहरुसंग सहयोगको आग्रह समेत गरेको छ ।

घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या हुने देखे पछि ज्यामरुककोट समाज नेपालले सापकोटाको उपचारका लागि देश विदेशमा रहेका व्यक्तिहरुसंग सहयोगको आग्रह गरेको हो । आफ्नै गाउँकी छोरी चेलीको उपचारमा आर्थिक सहयोग गर्न मनकारी व्यक्तिहरुसंग अनुरोध गरिएको ज्यामरुककोट समाज नेपालका अध्यक्ष रामवहादुर कार्कीले जानकारी दिनुभयो । सहयोग संकलनका लागि ज्यामरुककोट समाज नेपालले विदेशमा रहेका समाजका सम्पर्क समितिहरुलाई पनि जिम्मेवारी दिएको छ ।

जापानबाट समाजको सम्पर्क समितिबाट सागर थापा र सागर कार्कीले सहयोग संकलन अभियान सुरु गरिसकेका छन् भने अमेरिकामा सुरज थापा,दीपक रिजाल र सुदिप थापाले अभियानको अगुवाई गरेका छन् । त्यसैगरी युरोपबाट रकेन्द्र घिमिरे,चन्द्र कार्की र अर्जुन कार्की तथा यू.ए इ मा भरत घिमिरे,सुर्य घिमिरे र टीका कार्की सहयोग संकलन अभियान सुरु गरेका जनाइएको छ । घाइते सापकोटाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको जनाइएको छ ।