म्याग्दी समाचार

मोना फान्सद्धारा ओमकुमारी शान्ति कोषलाई ३ लाख सहयोग

म्याग्दी, २८ असार । विपन्न म्याग्देलीको उपचारमा सघाउन जन्मीएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना फान्सद्धारा आर्थिक सहयोग गरेको छ । रोजगारको शिलशिलामा फान्समा बस्दै आएका म्याग्देलीहरुको संगठित संस्था मोना फान्सबाट ३ लाख सहयोग प्राप्त भएको हो । मोना फान्सका अध्यक्ष हेम बानियाँ र सल्लाकार मानबहादुर सेन्चुरीको संयोजनमा संकलन भएको... पुरा पढ्नुहोस

रघुगंगामा आर्थिक बर्ष नसकिँदै आर्थिक कारोबार सकियो !

म्याग्दी २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्षको समय नसकिँदै आर्थिक कारोबारलाई टुंगाएको छ । आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रमहरुको सम्पूर्ण कारोबार असार २७ गते सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । गाउँपालिका मार्फत बजेट विनियोजन भएर उपभोक्ता समिति मार्फत... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी २७ असार । कालीगण्डकीले सडक कटान गरेपछि शुक्रबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । सिधा यातायात सम्र्पक बिच्छेद भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रशिङ शेरचनले... पुरा पढ्नुहोस

विपन्न छात्रालाई धौलागिरि सहकारीको आर्थिक सहयोग

म्याग्दी, २७ असार । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विपन्न छात्रालाई  न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । सदरमुकाम बेनीबाट लामोसयमदेखि   वित्तिय   सेवा दिदै आएको सहकारीले आर्थिक अवस्था कमजोर भएकी बेनी नगरपालिका – ९ तिनमानेकी पवित्रा खत्रीलाई १५ हजार आठसय रुपैया आर्थिक सहयोग गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्देली मोडल नविनले अञ्जलीसंग गरे अभिनय, यस्तो बन्यो ‘च्युरी गुलियो’ म्युजिक भिडियो

म्याग्दी, २७ असार । म्याग्दीका मोडल नविन केसीले अभिनय गरेको ‘च्युरी गुलियो’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ । अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका केसीले नृत्य एवम अभिनय गरेको गीतको म्युजिक भिडियो युटुब मार्फत बजारमा ल्याइएको हो । काठमाण्डौमा बसेर अध्ययन गर्दै आएका केसीले यसै... पुरा पढ्नुहोस

ओखरबोटका बेसाहारा बालकको पढ्ने धोको अधुरै (भिडियो सहित)

बेनी, २७ असार । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट मटौकाका मनोज श्रीपालीको अध्ययन गर्ने चाहना अधुरो भएको छ । अभिभावकविहिन ११ बर्षिय श्रीपाली संरक्षकत्व नपाउँदा सडकमा भौतारिएर हिड्ने गरेका छन् । श्रीपालीको जन्म लगत्तै उनका बुबा भारततर्फ गएपछि घर फर्किएका छैनन भने दोस्रो विवाह गरेकी आमाको समेत निधन भैसकेको छ ।... पुरा पढ्नुहोस

म्याग्देली गायक भण्डारीको ‘नसक्ने कुरा कसरी दिउँ’ बजारमा (भिडियो सहित)

म्याग्दी २७ असार । म्याग्देली गायक राजिन भण्डारीको ‘नसक्ने कुरा कसरी दिउ म’ बोलको गीत बजारमा आएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका गायक भण्डारीको स्वर रहेको आधुनिक गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।   कलाकार आर्यन श्रेष्ठ र यरिना तामाङको अभिनय रहेको उक्त गितका म्युजिक... पुरा पढ्नुहोस

औलामा उद्घोषणकला तालिम सम्पन्न

  औला २७ असार । अन्नपूर्ण गाउँपालिका ७ औलामा बिहीबार उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा मण्डली सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालन भएको तालिममा वडाका विभिन्न बस्तीका ३२ जनाको सहभागिता रहेको थियो । तालिमको पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले... पुरा पढ्नुहोस

अर्मनका मिर्गौला पिडित बुढालाई बेनीमा ५० हजार बढी सहयोग जुट्यो

म्याग्दी २६ असार । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन नेटाका मिर्गौला पिडित दिपबहादुर बुढा मगरलाई बेनीमा रु ५० हजार बढी सहयोग जुटेको छ । दुबै मिर्गौलामा समस्य ादेखिएपछि पोखराको फिस्टेल अस्पतालमा नियमित उपचार गराउँदै आएका बुढालाई युवा सञ्जाल म्याग्दीले बुधवार ५० हजार ६ सय ५१ रुपैयाँ सहयोग संकलन गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्दीमा भानु जयन्ती मनाईदै

म्याग्दी, २६ असार । साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्ती मनाउन लागेको हो । असार २९ गतेका भानु जयन्तीको अवसरमा ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको हो । संचारले स्थापना कालदेखि नै भानु जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । म्याग्दी... पुरा पढ्नुहोस