म्याग्दी समाचार

कस्तुरी सहकारीको दशौँ साधारण सभा सम्पन्न

  म्याग्दी, ४ असोज । सदरमुकाम बेनीबाट कारोबार गर्दै आएको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले उतकृष्ट काम गर्ने कर्मचारी, एसइइमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गर्दै संस्थाको दशौ साधारण सभा सम्पन्न गरेको छ । सहकारीले बजार प्रतिनिधि गंगामाया पुन, एसइइ सफलता प्राप्त गरेका शियर सदस्यका छोराछोरीलाई... पुरा पढ्नुहोस

संबिधान दिवस मनाइयो ( तस्विरसहित )

  म्याग्दी, ३ असोज । विभिन्न कार्यक्रम गरेर संबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६ सदरमुकाम बेनीमा मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र सभाको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा सांसद, राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकाल्दै बजार परिक्रमा... पुरा पढ्नुहोस

हाजीरजवाफ प्रतियोगितामा विद्यार्थीलाई संविधान पुरस्कार

  म्याग्दी, २ असोज । संविधान दिवसको अवसरमा रघुगंगा गाउँपालिकाले अन्तरमावि विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता मौवाफाँटमा सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीहरुलाई संविधानको किताव पुरस्कार दिएको छ। गाउँपालिकाको केन्द्र मौवाफाट रहेको ज्ञानोदय माविको प्राङ्गरणमा भएको हाजिरजवाफमा प्रतियोगितामा गाउँपालिका भित्रका ८ ओटा विद्यालय सहभागिता रहेका थियो । संविधान दिवसलाई सम्झना... पुरा पढ्नुहोस

रत्नेचौरमा पितृ महोत्सव : १३ लाख ४० हजार संकलन

  बेनी, २ असोज । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा भएको पितृ महोत्सवमा सातौ दिनसम्म १३ लाख ४० हजार ११५ रुपैया संकलन भएको पितृ महोत्सव मुल आयोजक समितिका महासचिव चिरञ्जीवी बोगटीले जानकारी दिए । विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सवमा... पुरा पढ्नुहोस

राखु भगवतीको धान खेतमा हेलिकोप्टरको आपतकालीन अवतरण

म्याग्दी, १ असोज । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो । राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६... पुरा पढ्नुहोस

वावियाचौर– दरबाङ सडक आयोजना स्तरोन्नती सुरु

  म्याग्दी, १ असोज । मंगला गाउँपालिकाको केन्द्र बाबियाँचौर देखि मालिका गाउँपालिका केन्द्र दरबाङसम्मको सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो । प्रदेशको क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सुरु

  म्याग्दी, १ असोज । जिल्लाको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो । आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका... पुरा पढ्नुहोस

ग्रामीण पर्यटनबाट फेरियो ‘नाङ्गी’ गाउँको मुहार’

म्याग्दी, ३० भदौ । अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गीकी गेममायाँ पुनको दैनिकी फेरिएको छ । घरायसी काम र घाँसदाउरामा दैनिकी विताउँदै आएकी पुन अहिले हस्तकलाका सामाग्री (हातले बनाउने) कार्यमा व्यस्त छिन् । उनी मात्रै होइन्, सिर्जनसिल आमा समूहमा आवद्ध ३५ जना महिला मध्ये अधिकाँशले फुर्सदको समयलाई उद्यमशिलतामा सदुपयोग गर्छन् । गाउँमा... पुरा पढ्नुहोस

म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी

सन्तोष गौतम नारच्याङ (म्याग्दी) ३० भदौ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि.स. १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत... पुरा पढ्नुहोस

सहकारीद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

म्याग्दी, ३० भदौँ । रघुगंगा गाउँपालिका– ३ स्थित पिप्ले महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले रघुगंगा माविमा शैक्षिक सामाग्री वितरण गरेको छ । बालदिवसको अवसरमा सहकारीले विद्यालयमा अध्ययनरत १ देखि ५ सम्मका १ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । सहकारी अध्यक्ष देवी मल्ल, सह–सचिव साधना पोखरेल र ब्यवस्थापक सन्तु... पुरा पढ्नुहोस