१८ औँ जेसीजकप फुटवल प्रतियोगितामा ७ टिम क्वाटरफाईनलमा प्रवेश

  • ११ मंसिर २०७६, बुधबार
  • 1956 पटक पढिएको

म्याग्दी ११ मंसिर । बेनीमा जारी नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा विभिन्न ७ विद्यालय क्वाटरफाईनलमा प्रवेश गरेका छन । प्रतियोगिता अन्र्तगत विहिवार भएको खेलमा उपाधीको दावेदारको रुपमा हेरिएको माउण्ट एभरेष्ट आवसीय माविको टिमलाई शुन्यका विरुद्ध १ गोल गर्दै बुद्ध एकेडेमि बगरफाँट क्वाटरफाइनल प्रवेश गरेको हो ।

त्यसैगरि प्रतियोगिता अन्र्तगत धवलागिरी माविसंग १/१ को बराबरी खेलेको भिम माविले पेनाल्टी शुट आउटमा ४ का विरुद्ध ५ गोल गदै क्वाटरफाईनलको यात्रा तय गरेको छ भने लिटल गार्डेनलाई शुन्यबा विरुद्ध ५ गोल गर्दै बेनी बोडिङ, दरबाङ इङ्लिस बोडिङलाई दुईका विरुद्ध पाँच गोल गर्दै जनप्रिय मावि क्वाटरफाईनल प्रवेश गरेको प्रतियोगिताका प्रवत्ता विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, १/१ गोलको बराबरी पछि ट्राईब्रेकरमा गलेश्वर आदर्श माविलाई ४ का विरुद्ध ५ गोल गर्दै म्याग्दी एकेडेमी सिंगा र ४ गोलको बराबरी पछि पेनाल्टी सुटआउटमा प्रकाश माविलाई दुई का विरुद्ध पाँच गोल गर्दै  केवी एकेडेमिले क्वाटरफाईनल यात्रा तय गरेको हो । यस अघि गौ बम बस्त माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै साविक विजेता न्यु वेष्ट प्वाईन्ट क्याटरफाईनल प्रवेश गरिसकेको छ भने बेनी सामुदायिक मावि र लोकदिप आवसीय माविबिच विहिवार विहान क्वाटरफाईनल प्रवेशको लागि खेल हुने आयोजकले जनाएको छ ।

म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएको प्रतियोसिगता मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ्ग शिल्ड , ट्रफि, मेडल, प्रमाण–पत्रसहित नगद रु ५१ हजार पुरस्कार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरि उपविजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित रु ३१ हजार, अनुशासित टिमलाई नगद र ७ हजार ७७७ पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उत्कृष्ट कोचलाई समेत नगद रु २ हजार पाँच सय सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको म्याग्दी जेसिजका शाखा अध्यक्ष खम थापाले जानकारी दिनुभयो । म्याग्दीमा हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवल विद्यालय स्तरमा हुने लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको छ । यस प्रतियोगितालाई म्याग्दी जेसिजले आर्थिक संकलन गरि निरन्तरता दिँदै आएको छ ।