म्याग्दी समाचार

म्याग्दी बहुमुखी क्याम्पसमा क्युएए मान्यता लगत्तै उत्सव मनाउने तयारी

म्याग्दी १४ माघ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्राप्त गरेसंगै उत्सव मनाउने तयारी गरिएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसले माघ २१ गते क्यूएए उत्सव मनाउने तयारी गरेको हो । विश्व विद्यालय अनुदान आयोगले पुस २८ गते म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको... पुरा पढ्नुहोस

१४ करोड २० लाख राजश्व संकलन

म्याग्दी, १४ माघ । म्याग्दीमा साउन देखि पुष मसान्तसम्म १४ करोड २० लाख ९८ हजार ६०२ रुपैयाँ राजश्व संकलन भएको छ । कोष तथा नियन्त्रक कार्यालय म्याग्दीको अनुसार संघतर्फबाट १२ करोड ४ लाख ४५ हजार ९४५ रुपैया राजश्व संकलन छ, भने प्रदेशतर्फ २ करोड १६ लाख राजश्व संकलन भएको कोलेनिका... पुरा पढ्नुहोस

बाबा आमाको सम्झनामा सुईटर तथा स्टेशनरी सहयोग (तस्विर सहित)

सन्दिप शर्मा म्याग्दी १३ माघ । रघुगंगा गाँउपालिका ३ रानिपौवामा रहेको अमरसिंह आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सुईटर तथा स्टेशनरी वितरण गरीएको छ । बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा बाबा इमानबहादुर कार्की र आमा फुलकुमारी कार्कीको सम्झनामा छोराहरु जेठा मिनबहादुर कार्की, माहिला तोरण बहादुर कार्की र कान्छा... पुरा पढ्नुहोस

सडक आयोजनामा भएको ढिलासुस्तिप्रति सांसद केसीको ध्यानाकर्षण

  म्याग्दी, १३ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्ति प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सभाको सोमबार बसेको बैठकमा बिशेष समय लिएर सांसद केसीले बेनी–गलेश्वर सडकमा भएको ढिलासुस्तिको बारेमा प्रदेश र बेनी–जोमसोम सडकका ढिलासुस्ति प्रति संघ सरकारको ध्यानाकर्षण गराउनुभयो । बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस

हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस

मिर्गौला पीडित ठाकुर परियारलाई कतारमा संकलीत रु ५० हजार सहयोग हस्तान्तरण

म्याग्दी १२ माघ । विगत ३ बर्षदेखि मिर्गाैलामा समस्या देखिएपछि उपचार गराईरहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई रु ५० हजार सहयोग प्राप्त भएको छ । आर्थिक अभावले उपचार गराउन नसकेका परियारको लागि कतारमा रहेका भगवतीका युवाहरु, मोना कतारका कार्य समितिका पदाधिकारीहरु र अल जवर जेटिसीमा... पुरा पढ्नुहोस

मानबमुत्रको प्रयोगले अर्मनमा सुन्तलाको उत्पादन बढ्यो

अमित बिश्वकर्मा म्याग्दी १२ माघ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका... पुरा पढ्नुहोस

अपाङ्गग मैत्री पुर्वाधार निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह

म्याग्दी, १२ माघ । अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्री पुर्वाधार निर्माण गर्न बेनी नगरपालिकाका जनप्रनिधिलाई आग्रह गरेका थिए । अपाङ्ग संघ म्याग्दी, बौद्धिक अपाङ्गता अभिभावक संघ, म्याग्दी नेत्रविहिन संघ र म्याग्दी बहिरा संघको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा भएको अनुक्षिण कार्यक्रममा सरकारी कार्यालय, विद्यालय लगायतका पुर्वाधारहरु अपाङ्ग मैत्री बनाउन... पुरा पढ्नुहोस

मुस्ताङको मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की प्रतियोगिता हुने

मुस्ताङ १२ माघ । हिमाल पारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने सङ्घका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए । स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने,... पुरा पढ्नुहोस

मोना कोरियाको अध्यक्षमा केसी चयन, नेपाल भ्रमण बर्षको प्रचार प्रसार

बेनी, १२ माघ । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको अध्यक्षमा सुनेश केसी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १३ औं अधिवेशनबाट केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन भएको छ । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा... पुरा पढ्नुहोस