एसईइमा सहभागि हुने विद्यार्थीलाई रघुगंगा गाउँपालिकाको सहयोग

  • ६ चैत्र २०७६, बिहीबार
  • 1492 पटक पढिएको

म्याग्दी, ६ चैत । एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई रघुगंगा गाउँपालिकाले सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गरेपछि गाउँपालिकाद्धारा एसईइमा सहभागि विद्यालयलाई राहतस्वरुप गाउँपालिकाले सहयोग गरेको हो ।


टाढा–टाढाका विद्यालयबाट एसईइ परिक्षामा सहभागि हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुको राहतका लागि गाउँपालिकाले नौँ वटा विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरिएको अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

रितुङ मावि कुँइनेमंगले, अमर मावि चिमखोला, अमर मावि पाखापानी र महेन्द्र मावि झिँका विद्यार्थीहरुलाई प्रतिब्यक्ति १५ सय रुपैयाँका दरले र महादेव मावि बेग, मुक्तिधाम मावि राखु भगवती, रघुगंगा मावि, पिप्ले, ज्ञानोदय मावि मौवाफाट र दग्नाम माविका प्रतिब्यक्ति विद्यार्थीलाई एक हजार रुपैयाँको दरले सहयोग गर्ने निर्णय भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिकाबाट परिक्षामा  २ सय ४६ विद्यार्थी सहभागि छन् । जसमध्ये मुक्तिधाम मावि राखुभगवतीको केन्द्र बेनी छ । अन्य ८ वटा विद्यालयको केन्द्र मुक्तिधाम मावि राखुमा रहेको छ ।