म्याग्दी समाचार

वडा सचिवद्धारा दिवंगत बुवाको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी १० बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविलाई एक व्यक्तिले दिवंगत बुवाको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको छ । गुर्जाका वडा सचिव सञ्जिव कुमार महतोले दिवंगत बुवा राम अवतार महतोको स्मृतिमा बिस हजार रुपैयाँ सहयोग गर्नुभएको प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । हालै सरुवा भएर आफ्नै गृहजिल्ला... पुरा पढ्नुहोस

टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए

ध्रुवसागर शर्मा म्याग्दी १० बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकलाई आवासीय... पुरा पढ्नुहोस

विप्लव समूहका पूर्व विद्यार्थी नेता विश्वकर्माद्धारा पार्टी परित्याग गरेको घोषणा

बेनी १० बैशाख । प्रहरीको खोजी सूचिमा रहेका नेत्रबिक्रम चन्द् (विप्लव) समूह निकट विद्यार्थी संगठनका म्याग्दीका एक नेता सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । बेनी नगरपालिका २ भकुण्डेका विप्लप निकट अखिल क्रान्तिकारीको पूर्व गण्डक ब्युरो इञ्चार्ज प्रकाश विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो... पुरा पढ्नुहोस

संसदीय टोलीद्धारा गुठी जग्गाको समस्या अध्ययन

भगवती १० बैशाख । तत्कालीन राजपरिवारका सदस्यको ठाडो आदेशको आधारमा गुठीमा परिणत गरिएको म्याग्दीको पिप्ले, भगवती र दोवाका बासिन्दाको समस्याको बारेमा गण्डकी प्रदेसको संसदीय टोलीले स्थलगत अध्ययन गरेको छ ।प्रदेशसभाको अर्थ विकास समितिका सभापति दिपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठी सम्बन्धि समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालाहरुसंग... पुरा पढ्नुहोस

लायन्स क्लब बेनी पिस सिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित, दुई पत्रकार सम्मानीत

म्याग्दी, १० वैशाख । लायन्स क्लब अफ बेनी पिस सिटी म्याग्दीको सोमबार सदरमुकाम बेनीमा सम्पन्न चौथो साधारणसभा तथा अधिवेशनले वर्ष २०१९/२० का लागि नरेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा खम थापामगर, द्वितीय उपाध्यक्षमा सुवर्ण रिजाल, तृतीय उपाध्यक्षमा भोजबहादुर रिजाल, सचिवमा विरेन्द्र श्रेष्ठ, कोषध्यक्षमा सचिन... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन

म्याग्दी, ९ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको... पुरा पढ्नुहोस

पार्टी स्थापना दिवसको अवसरमा श्रमदान गरि सडक मर्मत (फोटो फिचर)

https://www.youtube.com/watch?v=XZkV5YZT0Bc&feature=youtu.be बेनी, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसको अवसरमा नेकपा म्याग्दीले श्रमदान गरि सडक मर्मत गरेको छ । बेनी नगरपालिका–२ मा पर्ने हाँडेभिरमा सोमबार विहान दुई घण्टा श्रमदान गरि नेकपा म्याग्दीका नेता तथा कार्यकर्ताहरुले सडक मर्मत गरेका हुन् । बेनी–बागलुङ सडक खण्ड अन्र्तगत पर्ने हाँडेभिरमा सडक... पुरा पढ्नुहोस

बेनी अस्पतालमा निर्मीत आवास भवन हस्तान्तरण

सन्तोष गौतम बेनी ८ बैशाख । बेनी अस्पतालमा निर्माण भएको डाक्टर र नर्सिङ आवास (क्वाटर) भवन आइतबार हस्तान्तरण गरिएको छ । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १६÷१६ कोठ दुई वटा भवन हस्तान्तरण गरिएको हो । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले बेनी अस्पताल व्यवस्थापन समितिलाई भवन निर्माण सम्बन्धी कागजात हस्तान्तरण गरिएको थियो... पुरा पढ्नुहोस

म्याग्दीमा मेला तथा महोत्सवलाई नियन्त्रण गर्न मापदण्ड तयार

कमल खत्री बेनी, ८ वैशाख । म्याग्दीमा सञ्चालन हुने मेला तथा महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउनको लागि मापदण्ड तयार गरिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको बिशेष पहलमा आईतवार भएको सर्वपक्षिय छलफलबाट जिल्लामा आयोजना हुने मेला महोत्सवलाई व्यवस्थित बनाउनको लागि २२ बुँदे मापदण्ड... पुरा पढ्नुहोस

गुठी समस्या र हिमाली जिल्लाको सुविधाको लागि साँसद केसीद्धारा सरकारको ध्यानकर्षण

म्याग्दी, ८ वैशाख । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । आईतवार बसेको प्रदेश सभा बैठकमा बिशेष समय लिएर बोल्दै साँसद... पुरा पढ्नुहोस