म्याग्दी समाचार
बेनी नगरपालिकामा कोरोना रोकथाम कोषमा एक करोड विनियोजन, दश शैयाको आइसोलेशन वार्ड बनाउने
- 5 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७७, आईतवार
म्याग्दी ७ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि रु एक करोड बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप रु ५० लाख बजेट विनियोजन गरेको हो । आईतवार नगरप्रमुख... पुरा पढ्नुहोस
लकडाउनमा रत्नेचौरको अबस्था ‘आवत जावतमा कडाइ, जनजिवन सामान्य’ (भिडियो रिपोर्ट सहित)
- 5 बर्ष, 11 महिना अगाडि
- ६ बैशाख २०७७, शनिबार
म्याग्दी ६ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको समय करिब एक महिना पुग्दै छ । लकडाउनको कारण विकास निर्माण योजनाहरु प्रभावित बनेका छन भने जनजिवन समेत स्वभाविक रुपमा प्रभावित बनीरहेको छ । https://www.youtube.com/watch?v=45rGa1W6SJ0&feature=youtu.be यस सन्दर्भमा २... पुरा पढ्नुहोस
जिसी क्रसरद्धारा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग
- 5 बर्ष, 11 महिना अगाडि
- ६ बैशाख २०७७, शनिबार
म्याग्दी ६ वैैशाख । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना ,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क, स्यानीटाइजर र हातधुने साबुन... पुरा पढ्नुहोस
बेनीमा बेवारिसे र अल्पत्र बनेकाहरुलाई निःशुल्क खानाको ब्यबस्था (तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 11 महिना अगाडि
- ५ बैशाख २०७७, शुक्रबार
म्याग्दी ५ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा सडकमै अल्पत्र अबस्थामा भेटिएकाहरुलाई यहाँका एक परिवारले निःशुल्क खानाको ब्यबस्था गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आबद्ध रहनुभएका नेकपाका युवा नेता बालकृष्ण सुवेदीको परिवारले बेनीका सडकमा रात विताउँदै आएकाहरु लकडाउनबाट थप समस्यामा परेपछि निःशुल्क खाना खुवाउन थाल्नुभएको हो । https://www.youtube.com/watch?v=4LW4c9BnGYc&feature=youtu.be... पुरा पढ्नुहोस
नेकपा म्याग्दीद्धारा कोरोनाबाट प्रभावितलाई सघाउन रु २ लाख ५७ हजार बढी सहयोग
- 5 बर्ष, 11 महिना अगाडि
- ५ बैशाख २०७७, शुक्रबार
म्याग्दी ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा प्रभावितहरुलाई सघाउन रु २ लाख ५७ हजार ८ सय ३३ सहयोग गरेको छ । जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको सो सहयोग रकमलाई जिल्ला विपद् ब्यबस्थापन कोषको... पुरा पढ्नुहोस
लकडाउनबाट समस्यामा परेकालाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण सुरु
- 5 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७७, बिहीबार
म्याग्दी ४ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण समस्यामा परेकाहरुलाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित भएको विपन्न र श्रमिक परिवारलाई खाद्यान्न राहत वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका ८ वटा वडा... पुरा पढ्नुहोस
कोरोनालाई मध्यनजर गर्दै ‘गण्डकी हेल्थ’ मोवाइल एप सार्वजनिक
- 5 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७७, बिहीबार
म्याग्दी ४ चैत । विश्वब्यापी कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा सघाउने उदेश्यले गण्डकी प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयले ‘गण्डकी हेल्थ’ नामक मोवाइल एप सार्वजनिक गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन र स्वास्थ्य सम्बन्धी आधारभुत सूचना तथा जानकारीहरु नागरिकको हातहातमा पु¥याउन मोवाइल एप निर्माण गरि सार्वजनिक गरिएको... पुरा पढ्नुहोस
पुन समाज पोखराले गण्डकी प्रदेशलाई स्वाव परीक्षण गर्ने भिटिएम उपकरण सहयोग
- 5 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
म्याग्दी ३ वैशाख । पुन समाज पोखराले कोरोना संक्रमण रोक्न गण्डकी प्रदेश सरकारलाई उपकरण खरिद गर्न १ लाख ३५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्ध जुध्न सरकारी बजेटले मात्रै प्रयाप्त नहुने भन्दै समाजकी अध्यक्ष राजकुमारी पुनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १ सय २५ थान स्वाव परीक्षण गर्ने... पुरा पढ्नुहोस
म्याग्दीबाट १३० जनामा ¥यापिड टेष्ट मार्फत कोरोना परिक्षण, सबैकाे रिपाेर्ट नेगेटिभ
- 5 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
म्याग्दी ३ वैशाख । म्याग्दीमा कोरोना रोकथाम र नियन्त्रणको लागि सञ्चालन भएको दु्रत परिक्षण (¥यापिड टेष्ट) मार्फत एक नगरपालिका र पाँच गाउँपालिकामा समेत गरि १३० जनामा कोरोनाको परिक्षण गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना यता नेपाल आएकाहरुको ¥यापिड... पुरा पढ्नुहोस
आत्मनिर्भरताको आधार : सिमसाग
- 5 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
Nasturtium officinale - अङ्ग्रेजीमा वाटरक्रेस (watercress) भनिने सिमसाग अत्यन्तै स्वादिलो, नरम र सागहरु मध्येको उत्कृष्ट सागका रूपमा मानिन्छ। उक्त साग स्थानीय मानिसहरुमा खोलेसागको नामले प्रसिद्ध छ। गाउँघरतिर बगिरहेको खोलाको छेउछाउमा उम्रने भएकोले यस सागलाई खोलेसाग भनिएको पनि हुन सक्छ। यस सागको उदगम स्थान भने युरोप र एसिया रहेको बिश्वास गरिन्छ।... पुरा पढ्नुहोस