म्याग्दीका पहिलो कोरोना भाइरस संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ

  • २६ जेष्ठ २०७७, सोमबार
  • 977 पटक पढिएको

म्याग्दी २६ जेठ । म्याग्दीका पहिलो कोरोना भाइरस संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । भारतबाट आएका मालिका गाउँपालिका–४ का ३० बर्षिय युवामा गत जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गराइरहेका उहाँमा एक सातापछि गरिएको पीसीआर परिक्षणपछि पनि रिपोर्ट पोजेटिभ नै आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँ अहिले आइसोलेसनमा चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ भने स्वास्थ्य अबस्था सामान्य रहेको छ । म्याग्दीमा मालिका– ४ र मंगला ४ का १९ बर्षिय युवा गरि दुई जना भारतबाट आएका युवाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । दुबै जनालाई आइसोलेसनमा राखिएको छ ।