नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

  • २८ जेष्ठ २०७७, बुधबार
  • 833 पटक पढिएको

काठमाण्डौ २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर कूल संख्या ४ हजार ३६४ पुगेको जानकारी दिए ।


मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको भएपनि नेपालमा कोरोना संक्रमितको सख्ंया दिनदिनै बढ्दो क्रममा रहेको छ ।