म्याग्दी समाचार

कोरोना प्रभावितको उपचारका लागि बेनीमा दश शैयाको अस्थायी अस्पताल बनाइने

म्याग्दी, ७ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि लक्षित गरेर बेनीमा दश शैया क्षमताको अस्थायी अस्पताल बनाउने भएको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बेलुका सम्म अस्पताल तयार हुने प्रमुख... पुरा पढ्नुहोस

बाँदुकमा सडक निर्माण योजनामा नेकपाका नेता कार्यकर्ताद्धारा श्रमदान (फोटो फिचर)

म्याग्दी ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा सडक निर्माण योजनामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रमदान गरेका छन् । पार्टीको एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्र्तगत नेकपा बेगको वडा कमिटीले शुक्रवार सडक निर्माणमा श्रमदान गरेका हुन् ।  प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाद्धारा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत विनियोजन... पुरा पढ्नुहोस

बेनपा–६ को पहलमा विपन्न बर्गको घरघरमा सावुन र मास्क वितरण सुरु

म्याग्दी ७ चैत । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने सावुन र मास्क वितरण सुरु गरेको छ । वडाभित्र रहेका ६५० घरधुरीमध्ये पहिलो चरणमा विपन्न ३३३ घरपरिवारको लागि सावुन र मास्क वितरण सुरु गरिएको हो । सहयोगदाता मार्फत सहयोग जुटाएर प्रतिघरधुरीलाई... पुरा पढ्नुहोस

राष्ट्रिय राजनीतिमा प्रचण्डको आयतन,परिधि र विरोधको सिमारेखाहरु

तारामिलन छन्त्याल जुन कुनै देशलाई सहि दिशा निर्देश गर्ने काम राजनितिले गर्दछ । भनिन्छ राजनीति राम्रो भयो भने देश राम्रो हुन्छ । राजनीतिले देशको न्यायपालिका कार्यपालिका , ब्यबस्थापिका र स्थानीय तह सम्पुर्ण निकायलाई सहि र सवल ढङ्गले सञ्चालन गर्ने हुदा राजनीति आवश्यक हो । यि सबैको ब्यबथापन र सञ्चालनले नै... पुरा पढ्नुहोस

दग्नाममा बोलेरो दुर्घटना, ८ जना घाईतेमध्ये दुई जनालाई हेलिकप्टर मार्फत पोखरा (भिडियो सहित)

म्याग्दी ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा शुक्रवार विहान भएको बोलेरो जिप दुर्घटनामा ८ जना घाईते भएका छन् । दग्नामको कान्छीगाउँबाट बेनीतर्फ आउन लागेको ग २ च ५९८८ नम्बरको बोलेरो जिप भिरालो ठाउँमा रोकिराखेको ठाउँबाट चालकरहित अबस्थामा गुड्दा दुर्घटना भएको थियो । https://www.youtube.com/watch?v=wuMxlnBXS0g दुर्घटनामा परि घाईते भएकाहरुमध्ये गम्भिर... पुरा पढ्नुहोस

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर ‘शिक्षक’

म्याग्दी ७ चैत । शिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र रहेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीमा दुई शिक्षकले बर्षौदेखि नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा सरकारी विद्यालयमा शिक्षण गराउँदै आएको खुलेको छ । धवलागिरि गाउँपालिका–६ मराङ स्थित राम्चे आधारभुत विद्यालयमा शिक्षण गराएका छोटेलाल ठाकुर र रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ स्थित कालिका माध्यमिक विद्यालयमा... पुरा पढ्नुहोस

परिक्षा स्थगित भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई स्थानीय तहद्धारा सहयोग

म्याग्दी ६ चैत । चैत ६ गतेदेखि सञ्चालन गर्ने तय भएर अन्तिम समयमा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुलाई यहाँका स्थानीय तहहरुले सहयोग गरेका छन् । तत्काललाई परिक्षा स्थगित भएपछि परिक्षा केन्द्रबाट आ–आफ्नो गाउँमा फर्कने विद्यार्थीहरुलाई राहत स्वरुप स्थानीय तहहरुले सहयोग गरेका हुन्... पुरा पढ्नुहोस

एसईइमा सहभागि हुने विद्यार्थीलाई रघुगंगा गाउँपालिकाको सहयोग

म्याग्दी, ६ चैत । एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई रघुगंगा गाउँपालिकाले सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गरेपछि गाउँपालिकाद्धारा एसईइमा सहभागि विद्यालयलाई राहतस्वरुप गाउँपालिकाले सहयोग गरेको हो । टाढा–टाढाका विद्यालयबाट... पुरा पढ्नुहोस

तीन महिने ब्युटीपार्लर तालिम सुरु

बेनी, ६ चैत । बेनीमा बुधबारदेखि तीन महिने ब्युटीपार्लर तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक विद्यालयको प्राबिधिक सहयोगमा द्धन्द पिडित अधिकार मञ्च म्याग्दीले तालिमको आयोजना गरेको हो । बीस जना द्धन्दपिडितको सहभागिता रहेको तालिमको संगिता श्रेष्ठ र प्रमिला जोशी श्रेष्ठले सहजिकरण गर्नुहुने जनाइएको छ । प्रशिक्षकलाई तालिमको... पुरा पढ्नुहोस

परिक्षा केन्द्रमा पुगेका विद्यार्थीलाई धवलागिरी गाउपालिकाले सहयोग गर्ने

बेनी, ६ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीको राहतका लागि विद्यालयलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गर्ने निर्णय गरेको थियो । बिशेष परिस्थितिका रुपमा... पुरा पढ्नुहोस