बेनी – अर्थुङ्गे सडक अन्तरगत आपा रुखमा हिलाम्मे, जनतालाई सधै सास्ती

  • १५ असार २०७७, सोमबार
  • धिरन खत्री
  • 1881 पटक पढिएको

म्याग्दी, १५ असार । बेनी नगरपालिकाको बेनी–अर्थुङ्गे सडकखण्ड अन्तरगत आपा रुखमा हिउँद बर्ख पानी परेपछि हिलाम्मे हुदाँ सवारीसाधन र जनताले सधै सास्ती भोग्दै आएका छन् । बेनीदेखि जाने जीप, मोटरसाईकल, ट्याक्टर र पैदलयात्रामा हिड्ने जनताले आवातजावतमा सास्ती भोग्दै आएका हुन् ।


ट्रयाक खुलेको २७ बर्ष पुगेको बेनी अर्थुङ्गे सडकको सास्तीप्रति सवारीसाधन र पैदलयात्रा गर्ने अर्थुङ्गे, नेप्टेचौर, तोरीपानी, पात्लेखेत, पाखापानीबासीहरुले हिलाम्मे सडकप्रति गुनासो पोखिरहेका छन् । पानी परेपछि सवारीसाधन फसिने, नचढ्ने, दोहोरोरुपमा सवारीसाधनलाई आवातजावातमा कठिनाई हुदाँ जनताले सास्ती भोगिरहेका छन् ।


जिल्लाबाट निर्वाचित प्रतिनिधि, प्रदेश नगरपालिका र वडाका जनप्रतिनिधि र कर्मचारीहरु मिलेर सधै बजेट स्तरोन्नतीका लागि परिरहेको हुन्छ । बजेट सही रुपमा प्रयोग भएको होकी होईन्,सडक स्तरोन्नती गर्ने निर्माण ब्यवसायी राम्रोसंग समयमा काम र गुणस्तर संरचना निर्माण गरेको छ, छैन् भन्नेप्रति ध्यान नदिदाँ जनताले सास्ती खेप्दै आएका छन् ।


पानी परेपछि बर्खको समयमा मात्र नभएर हिउदँमा पनि सवारीसाधन नचढ्ने समस्या रहेको छ । जनप्रतिनिधिहरुले बजेटमात्र सडकमा होईन् गुणस्तर काम भएको छ वा छैन् त्यसमा ध्यान दिन आवश्यक देखिन्छ । तिनतहको सरकारको अगाडी नगरपालिकाभित्रको सडक गुणस्तरहिन र समयमा निर्माण काम नसक्ने ठेकेदारलाई कारबाही गर्न नसक्नु लजास्पद देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l