गलेश्वरमा रहेको फर्निचर उद्योगमा आगोलागी

  • १६ असार २०७७, मंगलवार
  • 985 पटक पढिएको

 

म्याग्दी, १६ असार । बेनी नगरपालिका –९ गलेश्वरमा रहेको राम लक्ष्मण फर्निचर उद्योगमा आगोलागीले पूर्णरूपमा क्षति पुगेको छ । गएराती भएको आगोलागीबाट उद्योगमा रहेका उपकरण, पूर्वाधार, काठ र तयारी अवस्थाका फर्निचरका सामान जलेर नष्ट भएको हो । आगोलागीबाट पचास लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको उद्योगका सञ्चालक रुद्रबहादुर खत्रीले बताए ।


राती १२ बजे लागेको आगो स्थानीयबासी, शसस्त्र, नेपाल प्रहरी र सेनाको टोलीले राती १ बजे नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट (चुहावट) भएर आगोलागी भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले क्षतिको एकिन विवरण संकलन भइरहेको जानकारी दिए । तस्विर ः तेजेन्द्र बानियाँको फेसबुकबाट