ट्राफिक प्रहरीलाई लायन्स क्लब बेनी पिस सिटीको सहयोग

  • १५ असार २०७७, सोमबार
  • 1197 पटक पढिएको

म्याग्दी १५ असार । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्ला ट्राफिक कार्यालयलाई एन ९५ मास्क, ग्लोस्स र सेनिटाइजर सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिकलाई क्लवका पूर्व अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि १ नेपालका बर्ष २०२०–२१ का रिजन चियरपर्सन लोकेश पुन मगरले ट्राफिक प्रमुख विष्णु परियार र बैकुण्ठ पौडेललाई ८ हजार बराबरको सेनिटाइजर, २० प्याक क्लोज, एन ९५ मास्क २० थान गरी १३ हजार ५ सय स्वास्थ्य साम्रागी र एक थान टेलिफोन सेट समेत हस्तान्तरण गरेका हुन् ।

म्याग्दी जिल्लाका कोरोना भाइरस बिरुद्धको अभियानमा निरन्तर सक्रिय क्लवले ट्राफिक ब्यवस्थापनमा सहयोग हुने गरी सहयोग गरेको क्लवका नवनिवार्चित अध्यक्ष खम थापाले बताए । उनका अनुसार कोरोना भाइरसको जोखिम सुरु भएलगत्तै क्लवमार्फत समुदायमा वितरण सहित विपन्नलाई खाद्यान्न, सर्वसाधारणलाई मास्क लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

कोभिड–१९ को अभियानमा देशभरमै उत्कृष्ट काम गरेवापत क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य र बर्ष २०१९–२० का अध्यक्ष नरेश श्रेष्ठलाई लायन्स क्लव ३२५ बि १ नेपालकी गभर्नर इन्दु लम्सालले“असाधारण सेवा“ पदकबाट सम्मानित समेत गरिसकेकी छन् ।