म्याग्दीमा थप दुई जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १६ पुग्यो

  • १४ असार २०७७, आईतवार
  • 1089 पटक पढिएको

म्याग्दी, १४ असार । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये धवलागिरी गाउँपालिका–६ की ४० बर्षिय महिला र बेनपा ३ की ३० बर्षिय महिला रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उनीहरु कुबेत र ओमनबाट आएर बेनीको क्वारेनटाइनमा बसेका थिए । संक्रमण पुष्टि भएसंगै उनीहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी गरिएको छ ।

म्याग्दीमा अहिलेसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनामा संक्रमण निको भैसकेको छ । आईतवार मात्रै तीन जनामा कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनीहरुलाई घर पठाईएको थियो । बेनीस्थित आईसोलेसनमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोट नेगेटिभ आएपछि जसमध्ये आईतबार विहान ३ जनालाई खुल्लामञ्चको आईसोलेसन कक्षबाट घर पठाइएको हो । ४ जना मध्ये एकजना कोरोना जितेकी महिला छोरीको रिपोट पोजोटिभ आएपछि आईसोलेसनमा कुरेर बसेको निर्मित प्रमुख लम्सालले बताउनुभयो । गण्डकी प्रदेशमा हालसम्म ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।