विदेशको कमाई गाउँमै ब्यवसायीक बाख्रापालनमा लगानी

  • १६ असार २०७७, मंगलवार
  • धिरन खत्री
  • 1770 पटक पढिएको

धिरन खत्री
म्याग्दी, १६ असार । १० बर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका –१० पात्लेखेतका ४० बर्षिय भविन्द्र पाईजाले विदेशमा कमाएको पैसा र सिपलाई प्रयोग गरेर ब्यवस्थित संरचना निर्माण गरी गाउँमा बाख्रापालन गरेका छन् ।


विदेश बसेर स्वदेशको महत्व बुझेका पाईजाले ३ बर्ष अघि जन्मगाउँ फर्किएर ३५ लाख रुपैयाँ लगानीमा ब्यवसायिक रुपमा बाख्रपालन गरेका छन् । आर्शिबाद कृर्षि फर्मबाट संचालन गरेको बाख्रा ब्यवसाय हालसम्म फर्ममा ७० ओटा बाख्रा रहेका छन् । बाउँबाजेहरुको पाखो र बाझो जमिनमा गासँ विरुवा रोपेर सदुपयोग गरेका छन् । विदेशमा सिकेको सिपलाई प्रयोग गरेर पाईजाले ब्यवस्थित रुपमा खोर निर्माण र घास खाने टान्नो बनाएर ब्यवसाय संचालन गरेका छन् ।


उनले गतबर्ष ८० भन्दा बढी खशी बोका बेचेर ८ लाख सम्म आम्दानी गरेको बताए । पाईजाले बार्षिक १०० भन्दा बढी खशी बोका बेचेर १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने लक्षसहित साढे दुईलाख हालेर चैतमा बोयर बोका गोठमा ल्याएका छन् ।

अघिल्लो बर्ष उनले गतबर्ष ८० भन्दा बढी खशी बोका बेचेर ८ लाख सम्म आम्दानी गरेको बताए । फर्ममा प्रदेश सरकार अन्तरगत भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले २ लाख ५० हजार अनुदान दिएको छ । विक्रिका लगानी बजारको समस्या नभएको नगदे बालीको रुपमा परिचित उन्को बाख्रापालनमा लगडाउनको समयमा गाउँ फर्किएका छोरा, घर परिवारले राम्रो साथ दिएका छन् ।

सडक नजिक रहेको पाईजाको बाख्रपालन ब्यवसायसंगै कृषि खेतीमा पनि प्रविधि भित्र्याएर सहज रुपमा खेतीपाती र किवि लगायतको फलफूल खेती समेत गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l