रेडक्रस म्याग्दीबाट प्राप्त स्वास्थ्य सामागी र राहत भगवती उपशाखाको रोहवरमा वितरण

  • १३ मंसिर २०७७, शनिबार
  • 1397 पटक पढिएको

म्याग्दी १३ मंसिर । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेका विभिन्न संघ संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सुरक्षाका सामाग्री र पहिरो पीडितको राहत वितरण गरिएको छ । रेडक्रस भगवती उपशाखाको रोहवरमा जिल्ला शाखाबाट प्राप्त सामाग्री र राहत वितरण गरिएको हो ।
रेडक्रस जिल्ला शाखाले भगवती उपशाखलाई ५ सय थान मास्क र १२ वटा सावुन, इलाका प्रहरी चौकीलाई १ सय थान मास्क , १ थान सेनिटाईजर र ग्लोब्स, मुक्तिधाम माध्यमिक विद्यालयलाई २ सय थान मास्क, २० वटा सावुन र १ बोतल सेनिटाईजर, भगवती स्वास्थ्य चौकीलाई ३० थान मास्क, २० वटा सावुन र २ वटा सेनिटाईजर र ग्लोब्स सहयोग गरेको हो ।

त्यसैगरि पहिरो पीडित शेरबहादुर शिलाधर, धनवीर शिलाधर, अविनाश शिलाधर र पुतली गुरुङलाई नगद रु ५ हजारका दरले राहत उपलब्ध गराईएको छ । रेडक्रस जिल्ला शाखाले उपशाखालाई उपलब्ध गराएको ५ सय थान मास्कलाई स्थानीय आधारभुत विद्यालयहरु र आयुर्वेद स्वास्थ्य केन्द्रलाई वितरण गरिएको छ ।
अन्नपूर्ण आधारभुत विद्यालयलाई ५२ थान, देउराली आधारभुत विद्यालयलाई ९० थान, सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयलाई १२१ थान, धौलागिरि आधारभुत विद्यालयलाई ५२ थान, नर्थस्टार वोडिङ्ग स्कुलाई १ सय थान र महेन्द्र आयुर्वेद स्वास्थ्य केन्द्र लाई ५० थान मास्क वितरण गरिएको उपशाखाका कोषाध्यक्ष मायाँ अधिकारी पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा खेत जोेत्ने क्रममा ट्याक्टरले लागेर घाईते भई उपचार गराईरहेका साझापानीका धनबहादुर भण्डारीको उपचारमा सोही अवसरमा ७ हजार ४ सय सहयोग संकलन गरिएको छ । बैठकमा सहभागी महानुभावहरुबाट सो सहयोग संकलन गरिएको हो । कार्यक्रम उपशाखाका सभापती एकेन्द्र केसीको अध्यक्षता र सचिब रामचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।