रक्तक्यान्सर पीडित बालिकाको उपचारमा करिब २ लाख बढी आर्थिक सहयोग (सहयोगदाताहरुको नामावली सहित)
- १३ मंसिर २०७७, शनिबार
- 1649 पटक पढिएको
म्याग्दी १३ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–५ किमचौरकी रक्तक्यान्सर पीडित ९ बर्षिया बालिकाको उपचारमा आर्थिक सहयोग जुटाउन थालिएको छ । विगत ३ महिनादेखि काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराईरहेकी बालिका सरु विकको उपचारमा आर्थिक अभाब भएपछि सहयोग जुटाउन थालिएको हो ।
उपचाररत बालिकाको सहयोगार्थ सञ्चालित अभियानबाट संकलन भएको २ लाख बढी रकम परिवारलाई उपलब्ध गराईएको छ । स्थानीय युवा दिपु फगामीको नेतृत्वमा पाेर्तुगलमा संकलन गरेकाे रु १ लाख ६३ हजार ७१७ र रिम राेकाबाट प्राप्त भएकाे रू २ हजार गरि १ लाख ६५ हजार ७१७ र सिजन रोका मगरको नेतृत्वमा सहयोगदाता मार्फत संकलन भएको रु ६४ हजार ११४ रकम पीडित बालिकाको सहयोग अभियानको खातामा सम्मा गरिएको छ । यस अघि रोकाको नेतृत्वमा संकलन भएको करिब रु १ लाख रकम पीडित बालिकाका आफन्तलाई उपलब्ध गराईसकिएको अभियन्ता रोकाले जानकारी दिनुभयो ।
उपचारमा खर्च धेरै लाग्ने भएकाले अभियानमा सहयोगको लागि अपिल गरिएको छ । सहयोग गर्न चाहाने हरुले बिरामिको नाममा मुक्तिनाथ बिकास बैंकमा रहेको खाता नम्बरमा पनि पठाउन सकिनेछ ।
खातावालाको नामः सरु बिक
खाता नम्बरः १३६२१६००५७९४८६०००००१