रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार सहयोग
- १४ मंसिर २०७७, आईतवार
- 1070 पटक पढिएको
म्याग्दी १३ मंसिर । रुखबाट खसेर घाईते भइ उपचाररत रघुगंगा गाउँपालिका–३ पिप्लेका अवतार रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार बढी सहयोग प्राप्त भएको छ । गत कात्तिक ५ गते रुखबाट लडेर गम्भिर घाईते भएर पोखरा स्थित पेवासिटी अस्पतालबाट उपचार सेवा लिइरहेका रिजाललाई दक्षिण कोरियामा रहेका म्याग्दी, बागलुङ, पर्वत र चितवनका सहयोगदाताहरुले सहयोग गर्नुभएको हो ।
१९ जना सहयोगदाता मार्फत रु ५२ हजार ९३ रुपैयाँ सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानका संयोजक नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापती तारानाथ शर्माले जानकारी दिनुभयो । विष्णुप्रसाद पौडेल र बासुदेव रिजालको पहलमा सो सहयोग संकलन भएको बताईएको छ ।
सहयोगदाताको नामावली :
१: सूजन भण्डारी (राखु) ५० ,०००।- वन
२: बिष्णु प्र पौडेल (भिमपोखरा) ८०,०००।-वन
३: बिदुर पौडेल ( रातमाटा) ४०,०००।- वन
४: अर्जुन पौडेल ( मल्लाज) ३०,०००।-वन
५: दिपेन्द्र आचार्य ( रायडाडा) ३०,०००।-वन
६: सूजन आचार्य (रायडाडा) २०,०००।-वन
७: केशव आचार्य (रायडाडा) २०,०००।- वन
८: बिष्णु गिरी (म्याग्दी) २०,०००।- वन
९: भिम थापा ( भीमपोखरा) २०,०००।-वन
१० :बिष्णु शर्मा ( भिमपोखरा) २०,०००।-वन
११: अनिल शर्मा (भिमपोखरा) २०,०००।- वन
१२:गणेश गौतम (रेश) २०,०००।-वन
१३: बिनेश मल्ल (भिमपोखरा) १५,०००।-वन
१४: दुर्गा परियार (तग्राम) २०,०००।-वन
१५: इश्वोर गौतम (भिमपोखरा) २०,०००।-वन
१६: राजू गौतम (भिमपोखरा) २०,०००।-वन
१७: महेन्द्र पौडेल (भिमपोखरा) २०,०००।-वन
१८: राम प्र शर्मा (भिमपोखरा) २०,०००।-वन
१९: दीपक गिरी (चितवन) २०,०००।-वन