म्याग्दी समाचार
अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित
- 4 बर्ष, 4 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
म्याग्दी, ८ असार । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ ।गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो । चालुतर्फ ३१... पुरा पढ्नुहोस
रघुगंगामा ५३ करोड बढीको बजेट पारित, शिक्षा,पूर्वाधार र स्वास्थ्य क्षेत्र प्राथमिकतामा
- 4 बर्ष, 4 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
म्याग्दी ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको... पुरा पढ्नुहोस
सडक सुचारु गराउन श्रमदान ( फोटो कथा)
- 4 बर्ष, 4 महिना अगाडि
- ७ असार २०७८, सोमबार
बेनी, ७ असार । म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडक यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र... पुरा पढ्नुहोस
नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
- 4 बर्ष, 4 महिना अगाडि
- ६ असार २०७८, आईतवार
म्याग्दी ६ असार । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ । कोरोना नियन्त्रणको लागि जारी गरिएको लकडाउन र अबिरल बर्षाको कारण अस्तव्यस्त बनेको सडक समस्याका बिच पनि जिल्लामा नयाँ शैक्षिक सत्रका लागि आबश्यक पर्ने पाठ्यपुस्तक भित्रिएको हो ।म्याग्दीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिले सामुहिक... पुरा पढ्नुहोस
पछैमा रामायण पार्क निर्माण हुँदै
- 4 बर्ष, 4 महिना अगाडि
- ६ असार २०७८, आईतवार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान )निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीद्धारा विपद राहत कोष उपसमित गठन, क्रियाशिल सदस्यको छानबिन गर्ने
- 4 बर्ष, 4 महिना अगाडि
- ५ असार २०७८, शनिबार
म्याग्दी ५ असार । नेपाली काँग्रेस म्याग्दीले पछिल्लो समय लगातार परेको अविरल बर्षाले क्षेती गरेका घरपरिवारलाई राहत र विपदमा आईपर्ने समस्याका लागि उद्धार गर्न उपसमिति गठन गरेको छ ।शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेपाली काँग्रेस दैबिप्रकोप उद्वार तथा राहत कोष उपसमिति गठन गरेको छ । पूर्ब उपसभापती नेत्र बहादुर... पुरा पढ्नुहोस
अबिरल बर्षाको कारण चेचुङ्गमा नवनिर्मित खेलमैदान भत्कियो
- 4 बर्ष, 4 महिना अगाडि
- ४ असार २०७८, शुक्रबार
म्याग्दी ४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ चेचुङ्ग गाउँमा निर्माण भएको खेलमैदान बर्षातको कारण भत्किएको छ । करिब रु १० लाख लगानीमा स्थानीय जनशक्ति युवा क्लबको अगुवाईमा निर्माण भएको खेलमैदान भत्किएको हो । दुई महिना अघि मात्रै निर्माण सम्पन्न भएको खेलमैदान भत्किएपछि समस्या भएको क्लबका सल्लाहकार सदस्य भमबहादुर घर्तिले जानकारी... पुरा पढ्नुहोस
सडक निर्माणमा भएको लापरबाहीले पिप्ले गलेश्वर जोखिममा
- 4 बर्ष, 4 महिना अगाडि
- ४ असार २०७८, शुक्रबार
म्याग्दी ४ असार । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । ण गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । बर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी... पुरा पढ्नुहोस
रुममा बाढी र पहिरो : लघुजलविद्युत बगायो, नौ घर पुरिए
- 4 बर्ष, 4 महिना अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी, २ असार । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा बुधबार बाढी र पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृहसहित नौँ वटा घर बगाएको छ । रुममा विभिन्न ठाउँमा करिव २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । खहरेखोलामा रहेका २२ किलोवाट क्षमताको पात्लखहरेखोला लघुजलविद्युतको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडासदस्य समबहादुर बिकले जानकारी... पुरा पढ्नुहोस
म्याग्दीमा बाढीको बितण्डा : बेनी बजार सहित तटिय क्षेत्रका बस्ती र बजार जोखिममा
- 4 बर्ष, 4 महिना अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी २ असार । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजिवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ ।... पुरा पढ्नुहोस