एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा दिपक कार्की निर्बाचित

  • ९ कार्तिक २०७८, मंगलवार
  • 710 पटक पढिएको

म्याग्दी ९ कात्तिक । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ । मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

५८ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन हुनुभएको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले जानकारी दिनुभएको छ ।


निर्बाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका संयोजक नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव सुवेदी, जिल्ला सदस्य एवं अध्यक्ष मण्डलका सदस्यहरु तर्क बहादुर केसी, खिम शाही र ओम कुमार शेरपुन्जाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।