म्याग्दीका चार पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

  • १० कार्तिक २०७८, बुधबार
  • 599 पटक पढिएको

बेनी, १० कात्तिक । नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मंगलवारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो ।


मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित हुनुभएको छ । त्यसैगरि धौलागिरि गाउँपालिका कमिटीको प्रथम अधिवेशनबाट होम बहादुर थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा राजाराम सुबेदि,सचिबमा रेशम छन्त्याल, उप सचीवहरुमा बिजय घर्ती र तिलक पुनलाई चयन गरिएको छ । रघुगंगा गाउँपालिकामा दिपक कार्कीको अध्यक्षतामा ५८ सदस्यीय एमालेको पालिका कमिटी निर्बाचित गरिएको छ । कमिटीको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन हुनुभएको छ ।

बेनी नगरपालिकामा भने नेतृत्वको लागी दाबि पेश गरेका तीन जनाबिचमा सहमती हुन नसकेपछि बुधवार सम्मका लागी अधिवेशन स्थगीत गरिएको छ । अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र सहमतिको प्रयास भइरहेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

बनी नगर कमिटिको अध्यक्षका लागि नारायण जिसी, चन्द्र कुमार केसी र राजकुमार थापाले दावी गर्नु भएको छ । अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष उपचारको क्रममा काठमाण्डौ रहेकाले अधिवेशनको मिति तय नभएको जनाइएको छ । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा अहिलेसम्म एमालेको ४२ वटा वडा र चार गाउँपालिकामा नेतृत्व चयन भएको छ ।