एमाले मालिका गाउँपालिका अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित

  • ९ कार्तिक २०७८, मंगलवार
  • 861 पटक पढिएको

म्याग्दी ९ कात्तिक । नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ । मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी (सन्तोष), उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन हुनुभएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभएको छ ।


निर्बाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य नवराज शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।