म्याग्दी समाचार

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद केसीद्धारा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण

बेनी, १३ असोज । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दी क्षेत्र (क)बाट निर्वाचित केसीले संघीय सरकारले बागलुङ र सिन्धुपाल्चोकलाई मात्र विपद्बाट संकटग्रस्त जिल्ला घोषणा गरेर अन्य जिल्लालाई विभेद गरेकोमा असन्तुष्टि जनाउनुभयो... पुरा पढ्नुहोस

म्याग्दीका बाढीपहिरो पीडितलाई मगर संघको रु ५ लाख बराबरको राहत सहयोग

म्याग्दी १३ असोज । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई नेपाल मगर संघद्धारा राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो... पुरा पढ्नुहोस

पौरखी पाइला : पशुपालनबाट रहरलाग्दो कमाई ( भिडियाे रिपाेट सहित

कमल खत्री बेनी, १३ असोज । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ बर्षका युवा कृषक कमल पौडेल पशुपालनबाट भएको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । करिब ९ बर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले भने आफ्नै ठाउँमा पसिना बगाउने निधो गरी कुखुरा र गाईभैँसी पालनमा होमिनुभयो । पौडेलको फार्ममा अहिले १०... पुरा पढ्नुहोस

सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको उप–सभापतीमा म्याग्दीका विश्वकर्मा निर्वाचित

म्याग्दी १२ असोज । सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश को उप–सभापतीमा म्याग्दीका जीवनकुमार विश्वकर्मा निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न साधारण सभा तथा अधिवेशसनमा बेनीको न्यूरोडमा सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका विश्वकर्मा उप–सभापतीमा निर्वाचित हुनुभएको हो । विश्वकर्मा म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान र सुनचाँदी व्यवसायि संघ म्याग्दीका पूर्व... पुरा पढ्नुहोस

मालिकामा काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश

म्याग्दी १२ असोज । म्याग्दीको मालिका गाउँपालिकाका विभिन्न वडाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ८५ जना प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको... पुरा पढ्नुहोस

बेगखाेलामा पुल नहुँदा जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने बाध्यता (भिडियो सहित)

म्याग्दी ११ असोज । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेवल पुल नहुँदा खोलामा जोखिमपूर्ण तवरले सवारी वारपार गराउनुपर्ने बाध्यता आएको छ । सवारी वारपारको लागि मोटरेवल पुल संगै सर्वसाधारण र यात्रुहरु वारपार गर्ने झोलुङ्गे पुल नहुँदा सर्वसाधारण र यात्रुहरुले सास्ती खेपिरहेका छन् । https://www.youtube.com/watch?v=zSFNN5mM2r4 मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग... पुरा पढ्नुहोस

म्याग्दीका ओमप्रसाद पुर्जाको परिवारबाट कन्या माध्यमिकमा रु ५ लाख बढीको अक्षयकोष

म्याग्दी ११ असोज । पोखराको नदिपुरमा रहेको कन्या माध्यमिक विद्यालयलाई म्याग्दीका ओमप्रसाद पुर्जा पुनको परिवारले रु ५ लाख बढीको अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफ्ना दिवंगत बुबा गंगाराम र आमा बनिसाराको स्मृतिमा रघुगंगा गाउँपालिका–१ बाँदुक घर भई हाल पोखरा नदिपुर बसोबास गर्दै आउनुभएका ओमप्रसाद र उहाँकी धर्मपत्नी मधुमायाँ पुर्जा पुनले... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङका कृषकलाई ९ करोड बजेट

म्याग्दी, ११ असोज । म्याग्दी मुस्ताङका कृषकलाई ९ करोड १७ लाख ७८ लाख रुपैया बजेट रहेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले दूई जिल्लामा स्विकृत बार्षिक कार्यक्रम कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले संचारकर्मीहरुको उपस्थितमा सो बजेटर रहेको जानकारी दिएका हुन् । कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न खोज्ने कृषकलाई बाझो जमिनमा ब्यवसायिक... पुरा पढ्नुहोस

जनविकास आधारभुत विद्यालयमा एकैदिन तीन वटा अक्षयकोष स्थापना

म्याग्दी ११ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–६ आरबाङमा रहेको जनविकास आधारभुत विद्यालयमा एकैदिन तीन वटा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय नाखे गुरुङले आफ्नो धर्मपत्नी लालमती गुरुङको स्मृतिमा रु १ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । त्यसैगरि गत असार २५ गते रातीको पहिरोमा आफन्त गुमाएका दुई घरपरिवारले समेत आफ्ना दिवंगत... पुरा पढ्नुहोस

धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघद्धारा टेन्ट र जस्तापाता सहयोग

म्याग्दी ११ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–६, धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ । पहिरोले विस्थापित जिवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल जस्तापाता संघका नेपाल प्रतिनिधि सुवोध प्रधान, केदारमान सिंह, निर्मल श्रेष्ठमार्फत मोना अन्तराष्ट्रियका प्रमुख संरक्षक चक्रबहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो ।... पुरा पढ्नुहोस