विद्यार्थीलाई न्यानो कपडा वितरण

  • १४ मंसिर २०७८, मंगलवार
  • 874 पटक पढिएको

म्याग्दी, १४ मंसिर । न्युन आयस्रोत भएका परिवारका अध्ययनरत विद्यार्थीहरु र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । शितको थोपा अभियान संस्थाले बेनी नगरपालिका- ९ स्थित रहेको गलेश्वर माविको प्राङ्गणमा कार्यक्रम गरेर विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।


संस्थाले गलेश्वर माविकाका दसजना भूमे आधारभूत विद्यालयका चारजना विद्यार्थी, ढोलठान आधारभूत प्राथमिक विद्यालयका चारजना विद्यार्थी, स्यालीखेत आधारभूत प्राथमिक विद्यालयका चारजना विद्यार्थी र अति निम्न आयका चार वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पर्वतका सदस्य चन्द्रबहादुर लामिछानेले राज्यले गर्नुपर्ने यस्ता कार्यक्रमहरु संस्थाले गर्दा खुशी लागेको बताए । उनले तीन तहको सरकार मिलेर न्युन आयस्रोत भएका परिवारका विद्यार्थी र बृद्धबृद्धाहरुलाई हेर्न आग्रह गरे ।

कार्यक्रममा गणेशबहादुर बानियाँले शितको थोपा अभियान संस्थाले समाजमा रहेका निम्न आयका विद्यार्थी र वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेर समाजमा सकारात्मक सन्देश दिएको बताए । सुनिल दामलको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रमको संचालन तेजबहादुर राईले गरेका थिए ।