बेगमा बोलेरो दुर्घटनाः वडासदस्यसहित ४ जनाको निधन, घाईते ४ जनाको पोखरा रिफर

  • १३ मंसिर २०७८, सोमबार
  • 1076 पटक पढिएको

म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा (औल ) दुर्घटना हुदाँ चार जनाकाको मृत्यु भएको छ। निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार ८ जनामध्ये ड्राईभर र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


दुर्घटनामा परेर अन्दाजी ४० बर्षिय चालक दुधबहादुर थापा, रघुगंगा १ वेगकी वडा सदस्य ३० बर्षिय गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।


दुर्घटनामा घाईते भएका ४ जनालाइ बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको छ । रिफर हुनेमा गम्भिर घाईते २० बर्षिय भिम फगामी, २३ बर्षिय मनोज पुन, २३ बर्षिय ज्ञानबहादुर शेरपुञ्जा र ५४ बर्षिय बलबहादुर विकलाई पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । मृतक र घाईते रघुगंगा गाउँपालिका १ बेगका बासिन्दा हुन् ।

बोेलरो जीप सडकबाट करिब दुईसय मिटर तल जंगलमा खसेको थियो । घाईतेलाई स्थानीयबासी, जनप्रतिनिधिले उद्धार गरी थप उपचारका लागि बेनी ल्याएका थिए । बोलेरो जीप दुर्घटनाको कारण नखुलेकोे प्रहरी नायव उपरिक्षक राईले बताउनुभयो ।