बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन छलफल

  • १४ मंसिर २०७८, मंगलवार
  • 630 पटक पढिएको

 

म्याग्दी, १४ मंसिर। म्याग्दीको सदरमुकाम बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन सरोकालाहरुविच छलफल भएको भएको छ। बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनीबजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होटिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको जस्तापाताको छाप्रो हटाउन एकहप्तादेखि १५ दिनसम्ममा ब्यवसायीले हटाउन आग्रह गरेको छ।
बेनी नगरपालिका भित्र ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन ब्यवस्थित पार्किङ, फरकिलो बाटो, सार्वजनिकस्थलमा सरसफाई, सिसि क्यामरा, बजार लाईट लगायतलाई ब्यवस्थित गर्ने उद्देश्यले बेनी नगरपालिका आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, म्याग्दी उद्योग वाणिज्य, ट्राफिक कार्यालय विच छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले बताए ।


बेनी बजारमा विभिन्न ब्यवसायका गरेका ब्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढोक्ने गरी सामानहरु झुड्याउने कार्य हटाउनका लागि एक हप्तादेखि १५ दिनसम्मको म्याद दिदै बुधबारदेखि लागु हुने गरी ब्यवसायीलाई आग्रह गरिएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जानकारी दिए । बेनी बजार सुन्दर बनाउने अभियानमा भएको कमिकमजोरीलाई नदोहोरिने गरी ब्यवसायीलाई आग्रह गरिएको छ, सो समयमा सडकलाई असर गर्ने गरी राखिएको बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निणर्य भएको मेयर श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाहरुको निणर्य बेनी बजारका ब्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकायको सहयोगमा हटाउने प्रतिवद्धता जनाएका थिए । प्रजिअ रानाले बजारलाई सुन्दर बनाउन टोलसुधार समिति सक्रिय, बसपार्क ब्यवस्थापन समिति निर्माण गर्न, सरसफाई गर्ने कुचिकार राख्न नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।


म्याग्दी उद्योग बाणिज्य संघ अध्यक्ष बेलबहादुर कटुृवालले बजारलाई ब्यवस्थित बनाउन नगर प्रहरी र सार्वजनिकस्थल सरसफाई गर्ने कुचिकार राख्न आग्रह गरेका थिए। जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बजारका सार्वजनिकस्थलका अस्थाई छाप्राहरु हटाएर पाकिङलाई ब्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरे । बसपार्कलाई निजि ब्यवसायीले प्रयोग गर्दा यातायातहरु प्रभावित भएको जानकारी गराउदै नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने बताए । बजारमा ट्राफिक ब्यवस्थापनमा बजारबासी सचेत बनेर पार्किङ र नो पार्किङलाई बोर्डलाई हप्ता-हप्तामा परिर्वतन गरिदिन आग्रह गरेका छन् । बेनी बजारलाई सुन्दर बनाउने विभिन्न समयमा भएका निणर्हरु कार्यान्वयनको अभावले बेनी बजार अब्यवस्थित र ब्यवसायीको सामानहरुले सडकहरु सागुरो भन्दा सेवाग्राहीलाई बजारमा सास्ती भएको थियो ।