म्याग्दी समाचार

मगर संघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु (भिडियो सहित)

म्याग्दी १० असोज । नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो । https://www.youtube.com/watch?v=AvLTN5VWMuQ   शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले विभिन्न... पुरा पढ्नुहोस

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल चयन

म्याग्दी १० असोज । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल चयन हुनुभएको छ । शनिवार बेनीमा भएको प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रालिका संचालक समेत रहेका युवा व्यवसायी रकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिकोे बरिष्ठ उपाध्यक्षमा यामनाथ... पुरा पढ्नुहोस

कोरना नियन्त्रण तथा ब्यवस्थापनमा म्याग्दीमा ३ करोड ५८ लाख खर्च

म्याग्दी, १० असोज । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीमा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । बेनी नगरपालिकासहित ५ वटा गाउपालिकाको आर्थिक वर्ष २०७६र७७ मा तीन करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य... पुरा पढ्नुहोस

जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा अपांगता भएका दर्जीलाई आर्थिक सहयोग

म्याग्दी १० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले अपांगता भएका एक युवालाई आर्थिक सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले रघुगंगा–३ कलेजाबाङका अपांगता भएका युवा रामु दर्जीलाई रु १० हजार सहयोग गर्नुभएको हो । रुखबाट खसेर कम्मरदेखि... पुरा पढ्नुहोस

जलेश्वर पहिरोको डरलाग्दो रुप (भिडियो)

म्याग्दी १० असोज । बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत जलेश्वर पहिरोको जोखिम बढ्दै गएको छ । बर्षौ पहिलेदेखि पहिरो चल्दै आएपनि संरक्षणको लागि भरपर्दो र दिगो उपाय अपनाउन नसक्दा यहाँ पहिरोको जोखिम र समस्या बढेको छ । https://www.youtube.com/watch?v=7B21n5BUSDk कालिगण्डकी नदिको तीरदेखि नै भूमिगत पहिरो बग्न थालेपछि यस पहिरोले सडक अबरुद्ध मात्रै... पुरा पढ्नुहोस

नेपाली कांग्रेस म्याग्दीद्धारा जिल्लालाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग

बेनी १० असोज । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै आपत्ती जनाइएको छ... पुरा पढ्नुहोस

कृषकलाई अनुदान वितरण

  म्याग्दी, ८ असोज । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक बर्षमा पशुपालपन्छी पालक कृषकलाई अनुदा वितरण गरेको हो । विभिन्न शिर्षकमा ७६ जना ब्यवसायिक रुपमा पशुपन्छी पाल्दै आएका कृषकलाई १ करोड ३७ लाख ७० हजार अनुदान वितरण गरिएको हो । म्याग्दीसंगै मुस्ताङको कार्यक्षेत्र भएको कार्यालयले... पुरा पढ्नुहोस

भारतबाट आएका कोरोना संक्रमित घर पुगेको पुष्टि, घरपरिवारलाई राखियो होम क्वारेनटाइन

म्याग्दी ७ असोज। म्याग्दीमा कोरोना संमण पुष्टि भएका बेनी स्थित क्वारेनटाइनमा बसेका युवा आफ्नो घरमा समेत पुगेको पुष्टि भएको छ । भारतबाट आएर बेनीको क्वारेनटाइनमा पिसीआर परिक्षणको लागि स्वाव संकलन भएपछि ती युवा एक दिन घरमा समेत पुगेको भेटिएको हो । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा... पुरा पढ्नुहोस

म्याग्दीलाई विपद् संकटग्रस्त क्षेत्रमा नराखेकोमा सरकारकाे चौतर्फी आलोचन

म्याग्दी ७ असोज । बाढीपहिरोको उच्च जोखिममा रहेको र ठुलो धनजनको क्षति व्यहोरेको म्याग्दीलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणामा नसमेटेपछि जिल्लामा सरकारको चौतर्फी आलोचना भएको छ । सरकारले बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । यस पटकको बर्खायाममा सिन्धुपाल्चोक, बागलुङ... पुरा पढ्नुहोस

म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ता तिव्र

  म्याग्दी, ७ असोज । ब्यवासायीक रुपमा कृषि, पशुपालन र विभिन्न क्षेत्रमा ग्राम उद्योग संचालनका लागि म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ताले तिव्रता पाएको छ । विभिन्न अनुदान तथा सुलभ सेवाहरुको लागि विगतदेखि संचालन गरेका ब्यवसायीले र नयाँ संचालन गर्नेहरुले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेर फर्म दर्तालाई प्राथमिकता... पुरा पढ्नुहोस