नेपाली कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाउने

  • २२ चैत्र २०७८, मंगलवार
  • 802 पटक पढिएको

म्याग्दी २२ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदार बनाउने निर्णय गरेको छ ।


भकिम्लीमा मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका रोकालाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनकुमारी विकले जानकारी दिनुभयो ।

रोकालाई वडा अध्यक्षको उम्मेदवार बनाइएपनि अन्य सदस्यहरुका बारेमा अर्को बैठकमा छलफल हुने जनाइएको छ । वडाभित्र सबै सर्वसम्मत उम्मेवदार बन्ने वडा कमिटीले जनाएको छ । त्यस्तै नेपाली कांग्रेस बेनी नगरपालिका–४,ले वडा अध्यक्षमा सुमन बानियाँलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार आयोजित भेलाबाट वडा समितिका सभापति समेत रहनुभएका बानियाँलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।