मंगला गाउँपालिका–१ कुहुँमा एमालेबाट एकजित रोका वडा अध्यक्षका उम्मेदवार

  • २३ चैत्र २०७८, बुधबार
  • 909 पटक पढिएको

म्याग्दी २३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका १ कुँहुको वडा अध्यक्षको उम्मेदवारमा एकजित रोकालाई चयन गरेको छ । वडा कमिटीको बैठकले युवा नेता रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

बैठकले खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर खत्री, दलित महिला सदस्यमा संगिता किसान र महिला सदस्यमा दिलकुमारी खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष पदका उम्मेदवार रोकाले जानकारी दिनुभयो । रोका राष्ट्रिय युवा संघको नेतृत्व गर्दै पार्टी राजनीतिमा लाग्नुभएको छ ।