रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी

  • २२ चैत्र २०७८, मंगलवार
  • 971 पटक पढिएको

म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् ।


माओवादीबाट पार्टीको वडा कमिटी अध्यक्ष नारायण सुवेदी, सचिब प्रकाश सुवेदी, अखिल क्रान्तिकारी, म्याग्दीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य रेशम कटुवाल र नेपाल दलित मुक्ति मोर्चाको गाउँपालिका कमिटीका अध्यक्ष घनश्याम परियारले वडा अध्यक्ष पदको उम्मेदवारमा दावि गर्नुभएको छ ।

आकांक्षीहरुबिच सर्वसम्मत हुन नसकेपछि चारै जनाको नाम पालिका कमिटीमा सिफारिस गरिएको छ । वडा अध्यक्ष सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्ष पदको उम्मेदवारमा जस्को नाम आएपनि वडामा पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्दै निर्वाचनमा जित निकाल्न निर्वाचन केन्द्रित अभियानमा जुट्ने निर्णय समेत गरको छ ।

माओवादीको यस अघि बेनपा–१ मा निशान थापा, ३ मा पदम पुन, ४ मा भगवान खड्का, ८ मा किसान विश्वकर्मा, मालिका गाउँपालिका–१ मा तिलक पुन, ३ मा मोतिप्रसाद बुढा, धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–४ मा रेशम पुन, मालिका–७ बिममा रुविन जुग्जाली, धवलागिरी–७ ताकममा अशोक खत्रीलाई र अन्नपुर्ण गाउँपालिका– २ मा ओमप्रसाद फगामीलाई लाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।