रघुगंगा–१ बेगमा काँग्रेसले वडा अध्यक्षको उम्मेदवारमा फगामीलाई दोहो¥याउने

  • २२ चैत्र २०७८, मंगलवार
  • 857 पटक पढिएको

म्याग्दी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारकाे नाम सिफारिस गरिएको हो ।


२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेर निर्वाचित हुनुभएका फगामीलाई नै पुनः वडा अध्यक्षमा दोहो¥याउने निर्णय भएको जनाइएको छ । काँग्रेसबाट बेगमा वडा सदस्यमा खुलातर्फ बलमान गौचन, भक्त बहादुर शेरपुञ्जा, महिला सदस्यमा सेमिता पुन र दलित महिला सदस्यमा सुनिता विकलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय भएको जनाइएको छ । वडा अध्यक्ष पदमा पुनः उम्मेदवार बन्नुभएका फगामी नेपाली काँग्रेस म्याग्दीकाे जिल्ला कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।