मुलुक
मल्लाज दह दम्पती हत्या घटना : लुटपाटकै लागी हत्या गरेकाे पक्राउ परेका आरोपीकाे बयान
- 1 बर्ष, 2 महिना अगाडि
- २० बैशाख २०८१, बिहीबार
पर्वत २० बैशाख । प्रहरीद्वारा पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपी लाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे लामाे अनुसन्धान पछि हत्यामा संलग्न दुई युवालाई मंगलबार... पुरा पढ्नुहोस
जलजलाको धुलेको वनमा भिषण डढेलो (तस्बिर/भिडिओ)
- 1 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
म्याग्दी १८ वैशाख । पर्वतको जलजला गाउँपालिकाको केन्द्र रहेको लामाखेत नजीकैको धुलेको जङ्गलमा मंगलवार साँझ लागेको वन डढेलो । https://youtu.be/bl-dqgsAa8U खडेरीको समयमा जथाभावि रुपमा वन जङ्गलमा आगजनीका घटना बढेका छन् । पुरा पढ्नुहोस
मल्लाज दम्पती हत्या घटना : दुर्ड आरोपी पक्राउ
- 1 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा कृष्ण विक र दीपक... पुरा पढ्नुहोस
मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना, २१ जना घाइते
- 1 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
मुस्ताङ : मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस कागबेनी मोडमाथि दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जानकारी दिएका छन्। उनका अनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई
- 1 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ , एकल चौतारा स्थित खाली... पुरा पढ्नुहोस
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति माथि परेको रिट खारेज
- 1 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
काठमाण्ठौ – सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ । मुख्यमन्त्रीको बहुमत... पुरा पढ्नुहोस
इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
- 1 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
इलाम, १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई, नेकपा माअाेवादी केन्द्,... पुरा पढ्नुहोस
पर्वतमा धमाधम विद्यालय समायोजन
- 1 बर्ष, 2 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
पर्वत, १७ वैशाख : विद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो । गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको... पुरा पढ्नुहोस
म्याग्दीमा ‘हाई भोल्टेज’ले ६० घरमा क्षति, पाँच जना घाइते
- 1 बर्ष, 2 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी, वैशाख १७- अन्नपूर्ण गाउँपालिका–६, घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्। घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो । आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा... पुरा पढ्नुहोस
फुपुकी छोरीको हत्या गरेको आरोपमा कुहुँका एक जना ९ वर्षपछि पक्राउ
- 1 बर्ष, 2 महिना अगाडि
- १६ बैशाख २०८१, आईतवार
हत्या गरेर फरार भएको ९ वर्षपछि एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याग्दीको तत्कालीन कुहु गाविस-५ हालको मंगला गाउँपालिका- १ का ४७ वर्षीय समरबहादुर सार्कीलाई ९ वर्षपछि शनिबार पक्राउ गरेको हो। कार्यालयकी डिएसपी सुरक्षा केसीका अनुसार उनीमाथि ९ वर्षअघि आफ्नै फुपुकी छोरी सुनमाया किसान (सार्की)को हत्या... पुरा पढ्नुहोस