काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना

  • ९ श्रावण २०८१, बुधबार
  • 1753 पटक पढिएको

साउन, ९ काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । सौर्यको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।