कतारमा अस्ताए म्याग्दीका हरि
- १३ भाद्र २०८१, बिहीबार
- 795 पटक पढिएको
विकको शव बिहीबार साँझ सबै कानूनी प्रक्रिया पूरा गरी नेपाल पठाउन लागिएको मोना आईसीसीका कोषाध्यक्ष तथा मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामीले मध्यान्ह दैनिकलाई जानकारी दिए । फगामीले कम्पनीमार्फत मृतकले पाउनुपर्ने सम्पूर्ण रकम कम्पनीका अधिकारीले मृतककी श्रीमतीको गरिमा विकास बैंकमा रहेको खातामा जम्मा गरिसकेको बताए । म्याग्देलीको निधनले सिंगो मोना कतार परिवार स्तब्ध रहेको बताउँदै अध्यक्ष राजु पौडेलले विकको परिवारसँग समन्वय गरेर आवश्यक थप सहयोग उपलब्ध गराइने बताए । एक छोराका पितासमेत रहेका विकको निधनले परिवारमा पुगेको क्षतिप्रति दु:ख व्यक्त गर्दै पौडेलले कतारमा रहेका म्याग्देलीको हरेक दु:ख, सुखमा संस्था साथमै रहेको र रहिरहने प्रतिबद्धता व्यक्त गरे । मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोष पनि सहयोगका लागि हात बढाउन तयार रहेको कोषका अध्यक्ष विक्रम कार्कीले बताए ।