भलिबलमा भारतमाथि ऐतिहासिक जित

  • १९ श्रावण २०८१, शनिबार
  • 115 पटक पढिएको

भारतमाथि ऐतिहासिक जित हासिल गर्दै नेपालले काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएको छ। दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटको जित हासिल गरेको हो। राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो। अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो, तेस्रो र पाँचौँ सेट आफ्नो नाममा लेखाएको हो।

पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो सेट भने १२–२५ ले गुमाएको थियो। तर, तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले खेल २५–१७ ले आफ्नो पक्षमा पार्यो। चौथो सेटमा पुनः भारत हावी भयो। यो सेटमा सुरुदेखि नै अग्रता लिएको भारतले समग्रमा १८–२५ ले खेल जित्यो। त्यसपछि अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित दर्ता गरायो। यो जितसँगै नेपालले लिग चरणमा महत्वपूर्ण दुई अंक हासिल गरेको छ। पराजित भए पनि भारतलेसमेत एक अंक प्राप्त गर्यो। काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन्

शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३(० को सोझो सेटमा हराएको थियो भने भारतले पहिलो खेलमा इरानलाई ३(१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३(० को सोझो सेटमा हराएको थियो।