मुलुक

बेनी–गलेश्वर सडक बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म थपियो

  म्याग्दी, १५ फागुन । कालीगण्डकी कोरीडोर(बेनी–जोमसोम–कोरला) सडक योजना अन्तरगत बेनी– गलेश्वर सडक स्तरोन्नतीका लागि बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय थप गरिएका जानकारी... पुरा पढ्नुहोस

एमालेद्धारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीहरुले राजीनामा दिँदै

काठमाडौँ १५ फागुन। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काँग्रेस सहितको नयाँ गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन जनाएपछि एमालले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले... पुरा पढ्नुहोस

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

  पोखरा, १४ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र... पुरा पढ्नुहोस

जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गछौँ : प्रधानमन्त्री प्रचण्ड

  काठमाडौँ १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताउनु भएको छ । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आज... पुरा पढ्नुहोस

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाण्डाै ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति रु दुई लाखका दरले पुरस्कार दिने घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो । खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकामा तपाईंहरूलाई... पुरा पढ्नुहोस

जग्गा वर्गीकरणमा म्याग्दीका स्थानीय तह अलमलमा : ‘जग्गा किनबेच र राजस्व घट्यो’

म्याग्दी ११ फागुन । म्याग्दीका स्थानीय तह जग्गाको वर्गीकरण गर्न अलमलमा परेका छन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा जग्गाको वर्गीकरण नहुँदा जग्गाको कित्ताकाट र अंशबन्डा लगायतका कार्य विगत नौ महिनादेखि पूर्ण रुपमा रोकिएका छन् । जग्गा कारोवारमा जग्गा कित्ताकाट नगरिकन सग्लो जग्गा विक्रि... पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा पर्वतको आदिवराह मन्दिर उद्घघाटन

म्याग्दी, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन गर्नुभएको छ । भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीलगायत व्यक्तिहरू आउनुभएको हो । पर्यटकीय सम्भावनायुक्त क्षेत्र वराह ताल र हम्पाल कालञ्जर क्षेत्रको... पुरा पढ्नुहोस

राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल

जलजला ९ फागुन । भोली बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार जिल्ला स्थित सुरक्षा... पुरा पढ्नुहोस

एकवर्षदेखि ओढारको बास

म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि ओढारमै आश्रय लिएका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा... पुरा पढ्नुहोस

जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड फागुन १२ र १३ गते हुने

  म्याग्दी, ९ फागुन । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको छ। जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो । बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथलेटिक्ससमा पालिकास्तरीयबाट सहभागि... पुरा पढ्नुहोस