म्याग्दीका उतकृष्ट तीन सामुदायिक वन पुरस्कृत

  • ९ श्रावण २०८०, मंगलवार
  • धिरन खत्री
  • 298 पटक पढिएको

 

म्याग्दी, ९ साउन । डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला उतकृष्ट तीन सामुदायिक वनलाई पुरस्कृत गरेको छ। मंगलबार डिभिजन कार्यालयको सभाहलमा गत आर्थिक बर्षको बार्षिक प्रगतिको सार्वजनिक एवम् पुरस्कार वितरण कार्यक्रम आयोजना गरी उतकृष्ट तीन सामुदायिक वन, कर्मचारी र पत्रकारलाई पुरस्कृत गरेको हो ।


कार्यालयले रघुगंगा गाउँपालिका वडानम्वर ८ को कृष्ण तालाबन्दी सामुदायिक वन, अन्नपूर्ण गाउँपालिका वडानम्वर ७ को औल सामुदायिक वन र धवलागिरी गाउँपालिकाको वडानम्वर ३ को छेरपातल सामुदायिक वनलाई पुरस्कृत गरिएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो । प्रथम, द्वितीय र तृतीय हुने सामुदायिक वनलाई क्रमश रु, दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित दोषल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कर्मचारी तर्फ सव डिभिजन कार्यालय दरवाङका फरेष्टर दिपकबहादुर शेरचन उतकृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । पत्रकारिताको माध्यमबाट वन तथा वातावरण क्षेत्रको प्रचारप्रसारमा योगदान गर्नुहुने पत्रकार घनश्याम खड्कालाई दोसल्ला र प्रंशसापत्रल प्रदान गरि सम्मान गरिएको थियो ।


जिल्ला समन्वय समितिका म्याग्दीमा प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, वन अधिकृत रानाभाटले पुरस्कार वितरण गर्नुभएको थियो । वन्यजन्तुको आक्रमणबाट २८ वटा पशुधनको क्षति ब्यहोरेका कृषकलाई तीन लाख सात हजार रुपैया राहत वितरण गत बर्ष कार्यालयले गरेको छ। म्याग्दीमा तीनसय १४ वटा सामुदायिक वन रहेका छन् ।


कार्यक्रममा जिसस प्रमुख थापाले सामुदायिक वनको अतिक्रमण बढेको उल्लेख गर्दै यसलाई न्यूनिकरण गराउन सबै जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले वनलाई घाँस र दाउरामा मात्र सिमित भन्दापनि वनलाई पर्यापर्यटनको रुपमा विकास गरेर आम्दानीतर्फ अघि बढाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले सामदायिक वनको संरक्षणले वातावरणको संरक्षणमा टेवा पु¥याउने बताउदै समुदायको आम्दानीमा बृद्धि हुने किसमिले काम गर्न जोड दिनुभएको थियो ।


पछिल्लो सयम जडीबुटी संकलन गर्ने क्रम घट्दा जडीबुटीबाट एक लाख चारहजार रुपैयाँ राजश्व संकलन भएको छ। कार्यक्रममा विषयगत सरकारी कार्यालयका प्रमुख, सामुदायिक वनका प्रतिनिधि र पत्रकारको उपस्थित रहेको थियो ।

    

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l